२०८२ चैत्र २६ गते बिहिवार

बलात्कार मुद्दाका फरार प्रतिबादी पक्राउ


दाङ, चैत २३ ।
बाँके प्रहरीले बलात्कार मुद्दाका एक जना फरार प्रतिबादी पक्राउ गरेको छ ।
जिल्लाको डुडुवा गाउँपालिका – १ नयाँ बस्तिका ५७ बर्षीय दयाराम कुर्मी आइतबार पक्राउ परेका हुन ।


जबरजस्ती करणी मुद्दामा २०८१/०४/२४ गते जिल्ला अदालत बाँकेले कुर्मीलाई ६ बर्ष ५ महिना १० दिन कैद सजाएको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचीमा थिए ।
पक्राउ परेका उनलाई अदालतमा पेश गरिएको र अदालतको आदेशलले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता दीपक पातलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *