२०८२ चैत्र २८ गते शनिवार

वडाध्यक्ष मुनाल घिमिरे एमालेले पार्टीबाट निस्किासित


तुलसीपुर, चैत २७ ।

नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका – ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल)लाई कारबाही गरिएको जनाएको छ ।
उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टी बाट निस्किासित गर्ने निर्णय भएको पार्टीका जिल्ला प्रचार बिभाग प्रमुख संगित बस्यालले जानकारी दिए ।
बस्यालका अनुसार वडाध्यक्ष घिमिरेलाई उक्त पदबाट हटाउन मेयर नरुलाल चौधरीलाई सिफारिसपनि गरिएको छ ।
घोराहीमा चैत २३ गते बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलका बिरुद्ध गतिबिधि गरेको आरोप लगाउँदै वडाध्यक्ष घिमिरेलाई साधारण सदस्यसमेत नरहने गरि निस्किासित गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख बस्यालले जानकारी दिए ।
घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा एमाले वाट वडाध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा घोराहीमा मेयर – उपमेयरसहित अधिकाँस वडाध्यक्ष एमालेले जितेको थियो ।

पछिल्लो समय घिमिरेले पार्टीमा विद्रोह गरेका थिए । उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को पक्षमा र एमालेका बिरुद्ध गतिबिधिहरु संचालन गरेका थिए ।
घिमिरेले यसअघि नै आफ्नो सामाजिक संजाल मार्फत आँफुले एमाले त्यागेको घोषणापनि गरि सकेका थिए ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का सहमहामन्त्री विपिन आचार्यसंग भारी मतान्तरले पारजित भएका थिए ।
वडाध्यक्ष घिमिरे चलचित्र निर्माता हुन ।
यसअघि पार्टी अनुसाशन विपरित कार्य गरेको भन्दै एमालेले घोराही – ८ का वडाध्यक्ष जितेन्द शाहलाई पनि पार्टीको साधारण सदस्य नरहने गरि कारबाही गरेको थियो । एमालेका मेयर चौधरीले शाहलाई वडाध्यक्ष पदसमेत नरहने गरि कारबाही गरेका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *