२०८२ चैत्र २८ गते शनिवार

मूल्य बृद्धिका कारण ‘उद्योग आपतकाल घोषणा’ गर्न माग

तुलसीपुर, चैत २७ ।

मूल्य बृद्धिका कारण निर्माण ब्यबसाय ठप्प हुने अवस्थामा पुगेको निर्माण भन्दै ब्यबसायीले चिन्ता जाहेर गरेका छन् ।
दाङ निर्माण ब्यबसायी संघका महासचिव मिनबहादुर घर्तीले शुक्रबार बिज्ञप्ति जारी गर्दै लगातारको मूल्य बृद्धिका कारण निर्माण ब्यबसायीको काम ठप्प हुने अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टीतेल लगाएतका इन्धनका सामाग्रीमा पटक / पटक मूल्य बृद्धि हुँदै गइ रहेको र त्यसको असर निर्माण कार्यमा अतिआवश्यक सिमेन्ट, छड, बिटुमिन आदिमा परेको, क्रसर उद्योगहरुमा समस्या भएको हुँदा निर्माणको काम ठप्प हुने अवस्थामा पुगेको घर्तीले उल्लेख गरेका छन् ।
त्यस्ता बस्तुहरुको अप्रत्यासित र अत्यधिक मूल्य बृद्धिले बजारमा ती सामाग्रीको अभावका कारण निर्माणको काम ठप्प हुने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन् ।

उत्पपन्न समस्या बारे सरकार लगाएत निकायहरुमा बारम्बार पत्राचार गरेपनि कुनै सुनुवाइ नभएको घर्तीले बताएका छन् । जस्ले गर्दा निर्माण क्षेत्रमा संकट पैदा भएको, ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा आपतकाल घोषणा गरि ब्यबसायीलाई अबिलम्ब राहात दिन माग गरिएको छ ।
साथै मूल्य समायोजनको मार्गनिर्देशन – २ तत्काल जारी गर्न र सबै अबधिका ठेक्काको हकमा निर्माण ब्यबसायीको समस्या तुरुन्त सम्बोधन गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *