२०८२ चैत्र २६ गते बिहिवार

रातिमा भेट्न बोलाएर स्मिथ प्रधानको बिभत्स हत्या

हत्या आरोपमा तीन जना पक्राउ

तुलसीपुर, चैत २१ । राप्ती गाउँपालिका–२ बह्राखुट्टी का १७ बर्षीय स्मिथ प्रधानको हत्या आरोपी तीन जना पक्राउ परेका छन् ।

उनको शब राप्ती –४ दोलाई खोलाको सुख्खा पक्की नालामा टाउकोमा चोट ग्रस्त अवस्थामा शुक्रबार दिउँसो १२ तिर फेला परेको थियो ।


प्रधानका साथी राप्ती – १ पाखापानीका १६ बर्षीय आयुषमान थापा मगर घाइते छन् । राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार पछि थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको छ ।

जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले प्रधानको हत्या आरोपी तीन जनालाई पक्राउ गरिएको छ ।


जस्मा बंगलाचुली गाउँपालिकाका निवासी २० बर्षीय संदिप वली, राप्ती गाउँपालिकाका निवासी १८ बर्षीय निश्चल चौधरी र राप्ती गाउँपालिका कै १८ बर्षीया आकृति बुढा रहेका छन् ।


इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीका अनुसार राति १० बजेदेखि बिहान ४ बजेको बीचमा उनीहरु तीन जनालाई बिभिन्न स्थान बाट नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार आकृति बुढाले फेक आइडी बनाएर भेट्न आउनका लागि घाइते आयुषमान थापा मगर र स्मिथ प्रधानलाई रातिमा बोलाएकी थिइन ।
उनैले बोलाएको हुँदा प्रधान र मगर बिहीबार बेलुकी ८ बजेतिर घर बाट संगै राप्ती गाउँपालिका – ४ तर्फ निस्किएका थिए ।


बुढाकै योजनामा भेट्न बोलाएर योजना बद्ध रुपमा प्रधानको हत्या गरेको तथ्य खुलेको प्रहरी बताउँछ ।
प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेकी आकृति बुढा र हत्या गरिएका स्मिथ प्रधानले बिगतमा कक्षा ८ देखि १० सम्म संगै पढेका थिए ।


सामाजिक संजालको गलत प्रयोग, कलिलै उमेरको प्रेम सम्बन्ध र बदलाको भावनाका कारण घटना भएको प्रहरी बताउँछ ।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *