दाङ, चैत १० । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्र्वको दुर्गम गाउँमा नेपाली सेनाले मंगलबार निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
‘चण्डी दल गण’ रुकुम पश्चिमले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका – २ स्थित पेल्मा गाउँमा मंगलबार गरेको निशुल्क स्वास्थ्य शिविर बाट सर्वसाधारण लाभान्बित बने ।
विपन्न सर्वसाधारणलाई लक्षित गरेर सेनाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई २४ सर्वसाधारणले सेवा प्राप्त गरे । जस्मा एकसय ४५ जना महिला र ७९ जना पुरुष थिए । शिविरमा स्वास्थ्य चेकजाँच गराएका मध्य ५५ जना बालालिका थिए ।
गाउँमै पहिलो पटक शिविरमार्फत निःशुल्क सेवा पाउँदा स्थानीय सर्वसाधारण खुसी थिए । पेल्माको नमूना आमा समुहका अध्यक्ष जोगमाया पुनले दुर्गम गाउँमै दक्ष चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेर सेनाले सर्वसाधारणको मत जित्ने काम गरेको बताइन ।
शिविरबाट आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोग पालेर बसेका सर्वसाधारण निमुखा जनताले गाउँमै सेवा पाउँदा स्थानीय खुशी बनेको उनले बताइन ।
सेनानी सुष्पन कटुवाल र पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत ध्रुव बिक लगायतले दुर्गम गाउँमा नेपाली सेनाको नेतृत्वमा गरिएको निशुल्क स्वास्थ्य शिबिरबाट स्थानीय खुसी भएको बताए ।
चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठका अनुसार सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो ।
‘ ग्रामीण क्षेत्रमा आर्थिक तथा भौगोलिक रुपले पछाडि परेका गरिब तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको हो,’ गणपति श्रेष्ठले भने ‘शिविरमा नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग सम्बन्धि समस्या भएकाहरुले लाभ लिनु भएको छ ।’
त्यस्ता बिरामीलाई उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको उनले बताए ।
चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, साझा मुराल अस्पताल प्राली रुकुमपश्चिम, रुकुम पूर्व जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय रुकुम पूर्व र पुथा उत्तरगंगा गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न भएको गणपति श्रेष्ठले जानकारी दिए ।
त्यस क्षेत्रमा यातायात सुविधा नहुनु, अशक्त र जेष्ठ नागरिक कठिन भूगोलका कारण बाहिरका अस्पताल जान नसक्नुले गर्दा पीडा सहेर बस्नु परेको उनले बताइन ।
निशुल्क स्वास्थ्य शिविरका लागि श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा मेडिकल टोली परिचालित थियो । शिविरमा डा. भण्डारी, डा. दीपक पुन, डा.कष्ण खराल, डा. विजय बस्नेत लगायतको स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थय परीक्षण गर्नुका साथै आवश्यक परामर्ष प्रदान गरेका थिए ।
सेनाले रुकुम पश्चिमको आठबिसकोट, चौरजहारीको त्रिवेणीपनि यस्तै निशुल्क स्वास्थ्य शिविर संचालन गरि सकेको छ ।
a
दाङ, चैत १० । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्र्वको दुर्गम गाउँमा नेपाली सेनाले मंगलबार निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
‘चण्डी दल गण’ रुकुम पश्चिमले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका – २ स्थित पेल्मा गाउँमा मंगलबार गरेको निशुल्क स्वास्थ्य शिविर बाट सर्वसाधारण लाभान्बित बने ।
विपन्न सर्वसाधारणलाई लक्षित गरेर सेनाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई २४ सर्वसाधारणले सेवा प्राप्त गरे । जस्मा एकसय ४५ जना महिला र ७९ जना पुरुष थिए । शिविरमा स्वास्थ्य चेकजाँच गराएका मध्य ५५ जना बालालिका थिए ।
गाउँमै पहिलो पटक शिविरमार्फत निःशुल्क सेवा पाउँदा स्थानीय सर्वसाधारण खुसी थिए । पेल्माको नमूना आमा समुहका अध्यक्ष जोगमाया पुनले दुर्गम गाउँमै दक्ष चिकित्सकसहितको टोलीले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेर सेनाले सर्वसाधारणको मत जित्ने काम गरेको बताइन ।
शिविरबाट आर्थिक अभाव र समय व्यवस्थापन गर्न नसकेर रोग पालेर बसेका सर्वसाधारण निमुखा जनताले गाउँमै सेवा पाउँदा स्थानीय खुशी बनेको उनले बताइन ।
सेनानी सुष्पन कटुवाल र पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत ध्रुव बिक लगायतले दुर्गम गाउँमा नेपाली सेनाको नेतृत्वमा गरिएको निशुल्क स्वास्थ्य शिबिरबाट स्थानीय खुसी भएको बताए ।
चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठका अनुसार सैनिक नागरिक सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो ।
‘ ग्रामीण क्षेत्रमा आर्थिक तथा भौगोलिक रुपले पछाडि परेका गरिब तथा विपन्न समुदायलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको हो,’ गणपति श्रेष्ठले भने ‘शिविरमा नशा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग सम्बन्धि समस्या भएकाहरुले लाभ लिनु भएको छ ।’
त्यस्ता बिरामीलाई उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको उनले बताए ।
चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्म, साझा मुराल अस्पताल प्राली रुकुमपश्चिम, रुकुम पूर्व जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय रुकुम पूर्व र पुथा उत्तरगंगा गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न भएको गणपति श्रेष्ठले जानकारी दिए ।
त्यस क्षेत्रमा यातायात सुविधा नहुनु, अशक्त र जेष्ठ नागरिक कठिन भूगोलका कारण बाहिरका अस्पताल जान नसक्नुले गर्दा पीडा सहेर बस्नु परेको उनले बताइन ।
निशुल्क स्वास्थ्य शिविरका लागि श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा मेडिकल टोली परिचालित थियो ।
शिविरमा डा. भण्डारी, डा. दीपक पुन, डा.कष्ण खराल, डा. विजय बस्नेत लगायतको स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थय परीक्षण गर्नुका साथै आवश्यक परामर्ष प्रदान गरेका थिए ।