२०८२ चैत्र २६ गते बिहिवार

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवा सुरु

बुटवल, चैत ६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवा सुरु भएको छ ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार सेवाको उद्घाटन गरेका हुन ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा आएको हो । मुख्यमन्त्री आचार्यले अस्पताललाई थप उचाइमा पुर्‍याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए ।

विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले बताएका हुन ।
प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए ।


प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री आचार्यले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको दाबी गरे ।


बुटवल अस्पतालमा एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *