तुलसीपुर, माघ २५ । तुलसीपुरमा डेरागरी लोकसेवा उत्तिर्ण गरेकी २२ बर्षीया पशुपती घर्तीले आँफु उत्तिर्ण भएको खुसी साट्न नपाउँदै अस्ताएकी छिन् ।
पशुपतीले गत पुश ९ गते मात्रै पोखरामा संचालित प्रथम चरणको परीक्षा दिएकी थिइन । त्यो परीक्षा सम्मेलित २२५२ जना मध्य १३८१ जना उत्तिर्ण भएका थिए ।
जस्मा पशुपती पनि एक जना थिइन । उनले आफ्नो सफला र खुसी साट्न नपाउँदै सदाका लागि अस्ताइ सकेकी छिन । लोकसेवा आयोग गण्डकी प्रदेशको पोखराले स्थानीय कृषी सेवा पाँचौं तह प्राबिधिक सहायक पदमा नाम निकाल्न सफल भएकी थिइन ।
बुवा डम्मरबहादुर घर्तीका अनुसार दाङबाट शब माघ २३ गते राति मात्रै शब जाजरकोटस्थित घरमा पुर्याइएको थियो ।
दोस्रो दिन अर्थात माघ २४ गते छोरीको अन्तेष्टि सकेर बेलुका ४ बजेतिर घर फर्किए पछि मात्रै डम्मरबहादुर छोरी पशुपतीले स्थानीय कृषी सेवा पाँचौं तह प्राबिधिक सहायक पदमा नाम निकाल्न सफल भएको थाहाँ पाएका थिए ।
जाजरकोटको बारेकोट गाउँपालिका – १ की २२ बर्षीया पशुपती घर्ती मगर तुलसीपुर उपमहानगरपालिका – १२ टरिगाउँ एयरपोर्ट नजिकै पदमबहादुर सिंहको घरमा कोठा भाडामा बस्दै आएकी थिइन ।
जस्को माघ २२ गते दिउँसो साढे ३ बजेतिर ३ तले घरको छतबाट लडेर मृत्यु भएको थियो । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्याउँदा चिकित्सकले पशुपतीलाई करिब ४ बजे मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिनोदराज खत्रीले बताए ।
सिंहका अनुसार उनी बिगत एक डेढ बर्षदेखि कोठा भाडामा बस्दै आएकी थिइन । सिंहको घरमा जाजरकोटै अन्य ६ जना विद्यार्थी पनि लोकसेवा तयारीका लागि भाडामा बसेर अध्यन गर्दै आएका थिए ।
पशुपती जाजरकोटकै नलगाड नगरपालिका – ३ की २२ बर्षकै अम्बिका घर्ती संग पाटन थिए । त्यो दिन अम्बिकाले कपडा धुन थालेकी हुँदा पशुपती सोही घरमा बस्ने जाजरकोटै मिना सिंह संग दोस्रो तल्लामा घाम ताप्न गएका थिए ।
पढ्दै घाम ताप्दै गरेपछि उनीहरु दुबै जना साथी टरिगाउँ एयरपोर्टमा भदौ २३ गतेदेखि सुरक्षार्थ खटिएका नेपाली आर्मीका गतिबिधि नियाल्न भनेर उक्लिएका थिए ।
यसअघिसम्म नेपाल प्रहरीले एयरपोर्टको सुरक्षा गर्दै आएको भएपनि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको चुनावलाई मध्यनजर गर्दै आर्मीको एउटा टुकुडी एयरपोर्ट भित्रै बस्न सुरु गरेको थियो ।
आर्मीले एयरपोर्ट भित्रको झाडी सरसफाइ र आँफु बस्ने घरको रंग रोगन गरेको दृष्य अबलोकन गर्न पुगेकी पशुपती कोठामा आउने क्रममा तेस्रो तल्लाबाट लड्न पुग्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।