घोराही, माघ २५ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा दाङ आउने भएका छन् ।
नेता तथा कार्यकर्ता भेटघाटका क्रममा उपसभापति शर्मा माघको २८ गते घोराही आउन थालेको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए ।
उपसभापति शर्माले घोराही उपमहानगरपालिका–१४ मा रहेको बहुउद्देश्य सभा गृहमा कांग्रेस दाङले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिए ।
सचिव योगीका अनुसार कार्यक्रम विहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ । कार्यक्रममा उपस्थितिका लागि कांग्रेस दाङले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुक संघसस्था सबैमा आग्रह गरेको छ ।
उपसभापति शर्मासँगै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस दाङबाट जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारले सम्वोधन गर्ने कार्यक्रम रहेको सचिव योगीले जानकारी दिएका छन् ।
काँग्रेसले क्षेत्र नं. १ मा सहमहान्त्री योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा किरण किशोर घिमिरे र क्षेत्र नं. ३ मा पूर्व मन्त्रीसमेत रहेका दीपक गिरीलाई उम्मेदवार बनाएको छ ।