
शरद रेग्मी,तुलसीपुर,माघ १० । देशमा निर्वाचनको माहोल श्रृजना भैरहेको बेला तुलसीपुर उपमहानगरपालिकाका स्थानिय भने आफ्नै स्वास्थ्य सेवाको संकट भोग्न बाध्य भएका छन ।
चुनाबको समयमा ठुला ठुला आश्वासन बाडदै हिडने नेताहरु स्वार्थ पुरा भएपछि जनताका समस्या समाधान गर्न बिरलै गाँउ फर्किने गर्दछन ।
यस्तै स्वास्थ्य संकट संग पिरोलिएका तुलसीपुर १३ तुई रनियापुरका नागरिकहरुले शनिवार केहि राहतको महसुस गर्न पुगेका छन
रोटरि क्लब अफ तुलसीपुर सिटिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नि,महिला तथा स्त्रीरोग,जनरल फिजिसियन र बालरोग बिशिषज्ञ लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
अरु समयमा बिरामि डाक्टर खोज्दै अस्पताल पुग्ने गर्दथ्य तर शनिबार बिरामि खोज्दै डाक्टरहरु गाँउमा पुगे पछि स्थानिय सेवाग्रहाहि खुसि भएका थिय ।
रोटरि क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष संदिपन रिजालका अनुसार शिबिरबाट रिफर भएका बिरामिहरुलाई एक पटक सिटि हस्पिटलमा निशुल्क चेकजाच तथा औसधि उपचार गर्ने ब्यबस्था मिलाएको बताए ।
निशुल्क स्वास्थ्य शिविरमा करिब चार सय बिरामिहरुले सेवा लिएको छन । उनिहरुले ओषधि पनि निशुल्क दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
स्थानयको तर्फबाट शिविरको ब्यबस्थापन वडा नम्बर १३ का अध्यक्ष मोहन पौडेलले गरेका थिए ।
सो अबसरमा तुलसीपुर सिटि हस्पिटलका पुर्ब अध्यक्ष अध्यक्ष बिमल रिजाल ,रोटरि डिष्ट्रिक ३२९२का एजि बिरु रावत,पत्रकार महासंघ दाङकि उपाध्यक्ष नारायणि रजौरे,स्थानिय रेडक्रसका प्रतिनिधि हरिहर पौडेल,क्लबका भाबि अध्यक्ष देबेन्द्र केसि लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण तुलसीपुर सिटि हस्पिटलका प्रबन्धक हेमराज बस्नेतले गरेका थिए ।

