दाङ, पुस २७ । मध्यरातिमा कोठा अगाडि पार्किङ गरि राखेको अटोमा आगजनी गरेको आरोपमा घोराही बाट एक युवक पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका – १३ प्रगतिनगर टोलका जिवन वलीले आफ्नो कोठाको अगाडि आगनमा पार्किङ गरी राखेको रा १ ह २७५७ नम्बरको अटो रिक्सामा पुस २४ गते बिहान साढे १ बजे आगजनी भएको थियो ।
प्रहरीले अनुसन्धान गरि रोल्पाको माडी गाउँपालिका –६ स्थायी ठेगाना भइ हाल दाङ घोराही – १३ डुमरगाउँ बस्ने १८ बर्षीय सन्देश नेपालीले आगो लगाएको खुलेपछि उनी पक्राउ परेका हुन ।
भदौ २४ गते बेलुकी घोराही – १४ नयाँ बसपार्क क्षेत्र वाट नेपाली पक्राउ परेका थिए ।
जिल्ला अदालत घोराही बाट नेपालीलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थइ अनुसन्धान भइ रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
नेपाली बिरुद्ध अपराधिक उपद्रब सम्बन्धि मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।