२०८२ असोज १९ गते आइतवार

मदिरा सेवन गरि पौडी खेल्न गएका उनी फर्किन सकेनन्


दाङ , असोज १९ । मदिरा सेवन पछि पोखरीमा पौडी खेल्न भनेर गएका एक जनाको डुबेर मृत्यु भएको छ ।

बाँकेको खजुरा गाउँपालिका – ४ का ५१ बर्षीय पोमबहादुर थापा शनिबार दिउँसो खजुरा गाउँपालिका भवन पछाडि रहेको बाबाकुटी तलाउमा पौडी खेल्न भनेर पसेका थिए ।


स्थानीयका अनुसार थापा पौडी खेल्न सिपालुपनि थिए । तर, शनिबार उनले अली बढी मदिरा सेवन गरेका थिए ।
मदिरा सेवन पछि पौडी खेलेर तलाउ पार गर्न खोजेका उनी फेरि तलाउ बाट फर्किन सकेनन् । पौडी खेल्ने क्रममा उनी बीचमै डुबेर बेपत्ता भएका थिए ।


थापा डुबेर बेपत्ता भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक पुर्णबहादुर केसीको नेतृत्वमा सात जनाको प्रहरी टोली बेलुकी खोजीका लागि खटिएको थियो । प्रहरी टोलीले बेलुका थापालाई फेला पार्न नसकेपछि फर्किएको थियो ।


आइतबार बिहान पौने ७ बजेतिर थापाको शब पानी माथि तैरिएको अवस्थामा फेला परेको थियो ।


प्रहरी पुगेर शब निकालेर पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंजमा पठाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *