काठमाडौं,असोज १८ । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।
देशैभरी आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप २ दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे हाे।
सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तय भएको थियो ।
तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको मन्त्रालयले शनिबार जारी गरेकाे सूचनामा भनिएकाे छ।
प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार