२०८२ असोज १९ गते आइतवार

हत्या आरोपमा दाजु भाइ पक्राउ

दाङ , असोज १७ । प्यूठानमा एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन् ।


जिल्लाको गौमुखी गाउँपालिका – ६ लिवाङका २३ बर्षीय सन्तोस सुनार र २८ बर्षीय गोपाल सुनार हत्या आरोपमा पक्राउ परेका हुन ।


असोज १५ गते बिहान ६ बजेतिर लिवाङस्थित स्कुल धारादेखि मच्छि जाने कच्ची सडक खण्डमा स्थानीय २४ बर्षीय प्रकाश सुनार मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशको हत्यामा संलग्न रहेको आरोपमा सन्तोस र गोपालका दाजु भाइलाई असोज १५ गते प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार असोज १४ गते राति मृतक प्रकाश र सन्तोषले संगै बसेर मदिरा सेवन गर्ने क्रममा आपसमा झगडा भएको थियो ।

त्यसपछि सन्तोसले दाजु गोपाललाई घरबाट बोलाएका थिए । दाजु भाइ मिलेर प्रकाश माथि कुटपिट गरेका थिए ।
तर, प्रकाशको शब भने ढिस्को मुनीको कच्ची सडक खण्डमा घोप्टो अवस्थामा फेला परेको थियो ।


कुटपिट पछि दाजु भाइ मिलेर प्रकाशलाई ढिस्कोबाट फालेका थिए वा प्रकाश ज्यान जोगान भाग्ने क्रममा आँफै ढिस्कोबाट लड्न पुगेका थिए भन्ने कुराको एकीन हुन बाँकी रहेको डिएसपी अधिकारीले बताए ।

प्रकाशको शब ढिस्को भन्दा अन्दाजी एक सय फिट मुनी फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *