घोराही, असोज १२ । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सल्लाहकार विपुल पोख्रेलले अहिलेको संम्वेदनशिल समयमा पत्रकार जिम्मेवार बन्नुपर्ने बताएका छन ।
बिजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा नेपाल प्रेस युनियन दाङ शाखाले आइतवार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सद्भाव सम्बात कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान अध्यक्ष पोख्रेलले अहिलेको जटिल र संम्वेदनशिल परिस्थितिमा जिम्मेवार र संयमित भएर पत्रकारिता गर्न आवश्यक रहेको बताएका हुन ।
जेन–जी आन्दोलनलाई सामाजिक न्यायको लागि भएको आन्दोलन भन्दै कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले आन्दोलनलाई राजनीतिक रङ दिएर सामाजिक न्यायका मुद्दाहरू अलपत्र पर्छन कि ? भन्ने कुरामा पत्रकारिता क्षेत्र सचेत हुनुपर्ने बताए । आन्दोलनका नाममा राजनीतिक केही समुह लाभ उठाउने गरि लाग्न सक्ने भन्दै पोख्रेलले जिम्मेवार ढंगले खबरदारी गर्न आग्रह गरे ।
उनले भने,‘भ्रष्टाचारको विरोध, सुशासन, अवसर तथा वितरणमा समानता, स्रोतसाधनमाथि सीमित वर्ग र समूहको पहुँचको अन्त्य जस्ता सामाजिक न्यायका सवालहरू नै जेन–जी आन्दोलनको अभिष्ट हो । अब यी सवालहरूलाई सम्बोधन गर्नका लागि पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्छ ।’
नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकारसमेत रहेका पोख्रेलले सरकारले तोकेकै समयमा फागन २१ गते निर्वाचन हुनुपर्छ भन्ने कुरालाई प्राथमिकतामा राख्दै सञ्चार क्षेत्रले त्यसका लागि वातावरण बनाउन तर्फ लाग्नुपर्ने बताए ।
पोख्रेलले भने, ‘पत्रकारहरूको अहिलेका प्रमुख उद्देश्य भनेको फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने नै हो । त्यो भएन भने लोकतन्त्रसँगै नागरिक स्वतन्त्रता हराउने खतरा आउन सक्छ ।’
वर्तमान संविधानको रक्षाका लागि नेपाली पत्रकारिता क्षेत्रले गंभिरताका साथ भूमिका खेल्नुपर्ने भन्दै त्यसका लागि समयमै निर्वाचन हुनुपर्ने समेत पोख्रेलले बताएका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनकी उपमहासचिव सुलोचना पोख्रेलले अहिलेको विषयम परिस्थितिमा नागरिकलाई सही सूचना सँगै लोकतन्त्र बचाउन जिम्मेवार ढगले कलम चलाउन आग्रह गरिन ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष डा. सुदीप गौतमले अहिलेको संम्वेदनशिल परिस्थितिमा सेल्फ सेन्सरसिप लागु गर्दै जिम्मेवार पत्रकारितामा जोड दिनुपर्ने बताए ।
सञ्चार माध्यमको समाचार वा सूचनाका आधारमा कुनै व्यक्ति, समाज र देशलाई असर पुग्न नहुने भन्दै प्रदेश अध्यक्ष गौतमले नागरिकलाई सही सन्देश दिने जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताएका हुन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले परिवर्तनलाई सस्थागत गर्दै अघि बढनुपर्ने समय आएपनि स्वतन्त्र पत्रकार माथिको हस्तक्षेत्र स्वीकार्य नहुने बताए ।
परिवर्तनका नाममा सञ्चारकर्मी तथा सञ्चार संस्थालाई क्षति पुर्याउन नहुने भन्दै महासंघका सचिव प्रियासनले अराजक गतिविधिले आफैलाई क्षति पुग्ने तर्क गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सञ्तोष सुबेदीले परिवर्तनलाई आत्मसाथ गर्दै पत्रकारले कमल चलाउनु पर्ने बताए ।
महासंघ दाङ शाखाका निर्वतमन अध्यक्ष दुर्गालाल केसीले जिम्मेवार र पेशागत पत्रकारिताले मात्रै समाजलाई सही रुपमा सूचित गर्ने बताए ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका नेता हेमराज शर्मा, माया पोख्रेल, प्रेस चौतारी दाङका ओपेन्द्र बस्नेत, प्रेस सेन्टर दाङका गिरिराज नेपाली, जनपत्रकार संगठन दाङका उपाध्यक्ष जंग रेउलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रेस युनियनका दाङ शाखा उपाध्यक्ष किरणबिक्रम शाहको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।