२०८२ असोज १९ गते आइतवार

केशव भुसालले आफ्नो मोटरसाइकल जलाउने मध्यका एक जनालाई डेढलाख तिराए

तुलसीपुर, असोज १० । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तुलसीपुरका उपाध्यक्ष केशव भुसालले आफ्नो मोटरसाइकलमा जलाउने कार्यमा संलग्न मध्य संजय शर्मालाई डेढलाख रुपैंया तिराएका छन् ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका – १३ बेलुवा घर भइ हाल तुलसीपुरमा विद्युत वाइरिङको काम गर्दै आएका २६ बर्षीय संजय शर्माले गल्ती स्वीकार गर्दै दाङको तुलसीपुर उपमहानगरपालिका – ७ का केशवराज भुसाललाई बिहीबार डेढलाख रुपैयाँ तिरेका हुन ।

भदौ २४ गते भुसालको बा ८१ प ९३९६ नम्बरको केटिएम आरसी २०० सिसीको मोटरसाइकलमा आगजनी भएको थियो । जुन दिन भुसालले आफ्नो मोटरसाइकल सुरक्षाका लागि भन्दै तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवनको अन्डरग्राउन्डमा मोटरसाइकल राखेका थिए ।


भदौ २३ गतेदेखि ज्वरोले थलिएका भुसाल तुलसीपुरकै दीर्घायू पोलिक्लिनिकमा भर्ना भएका थिए । भुसाल ज्वरोले थलिए पछि भदौ २५ गतेसम्म सोही पोलिक्लिनिकमा भर्ना भइ उपचार गराएका थिए ।

उनी बिरामी परेको समयमा सुरक्षित हुन्छ भन्ने ठानेर चिनजानका साथीलाई भनेर मोटरसाइकल उपमहानगरको अन्डरग्राउन्ड पार्किङमा राख्न लगाएका थिए । सोही मोटरसाइकल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी पछि नष्ट भएको थियो ।

आफ्नो मोटरसाइकल आगजनी पछि नष्ट भएको थाहाँ पाएपछि भुसाल आँफैले ब्यक्तिगत रुपमा आफ्नो मोटरसाइकलमा आगजनी गर्ने ब्यक्तिहरु बारे खोज तथा अनुसन्धान सुरु गरेका थिए।

प्राप्त सिसी टिभी फुटेज र नगर प्रहरी संग सोधपुछ गर्दै भुसालले आफ्नो मोटरसाइकलमा आगजनी कार्यमा संलग्न मध्य पाँच जना रहेको पत्ता लगाउन सफल भएका थिए ।


उनीहरुको खोजी गर्ने क्रममा भुसालले सुरुमा रुकुमपश्चिमको चौरजहारीका संजय शर्मालाई फेला पारेका थिए । त्यसपछि भुसालले आफ्नो मोटरसाइकल अनाहकमा आगो झोसेर ध्वस्त पारिएको भन्दै क्षतिपुर्ति माग गरेका थिए ।

शर्माका बिरुद्ध भुसालले प्रहरी प्रशासनमा किटानी जाहेरी दिने तयारी थालेका थिए ।
त्यसपछि शर्माले गल्ती स्वीकार गर्दै क्षतिपुर्ति बाफत रकम दिन राजी भएका थिए ।


मुद्दा खेप्नु पर्ने त्रासले शर्माले भुसाललाई आफ्नो भागमा पर्ने क्षतिपुर्ति उपलब्ध गराउन राजी भएका हुन । भुसालको जलेको मोटरसाइकलको तत्कालिन मूल्य निर्धारण गरि आगजनीमा संलग्न पाँच जना मध्य संजय दामासायिले पर्ने आफ्नो भागको डेढलाख रुपैयाँ भुसालाई तिर्न सहमत भएका हुन ।


आगजनी कार्यमा आफ्नो गल्ती स्वीकार गरि संजयले भुसाललाई डेढलाख क्षतिपुर्ति बाफत दिन सहमत भएपछि उनीहरुका बीचमा लिखित सहमति भएको थियो ।

पेशाले तुलसीपुरमा बसेर विद्युत वाइरिङको काम गर्ने संजयले बिहीबार आफ्नो भागमा पर्न आएको क्षतिपुर्तिको भागवन्डामा परेको नगद डेढलाख भुसाललाई बुझाइ सकेका छन् ।

संजयले रकम बुझाएपछि कानुन ब्यबसायी राखेर लिखित रुपमा भुसालले पनि सही छाप गरि मेलमिलापको कागज गरि दिएका छन् ।

सहमति पत्रमा संजयले डेढलाख बुझाएको हुँदा अबदेखि भुसालले उनका बिरुद्ध कुनैपनि प्रहरी प्रशासनमा किटानी जाहेरी वा उजुरी नदिने सहमति भएको छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुर परिशरमा बिहीबार उनीहरुका बीचमा त्यस्तो सहमति भएको थियो ।


यसै बिषयमा शुक्रबार भुसालले आफ्नो मोटरसाइकलमा आगजनी गर्ने मध्यका अर्का एक जना युवा विशाल गुप्तालाई पनि पहिचान गरि सकेका छन् । उनका विरुद्धपनि भुसालले इप्रका तुलसीपुरमा किटानी जाहेरी दिने अन्तिम तयारी गरेका छन् ।

घटनाका प्रत्यक्षदर्सी दुई जना नगरप्रहरी दिनेश चौधरी र डिल्ली न्यौंपानेले पनि त्यसको सनाखत गरि दिएको हुँदा शुक्रबार बिहान मात्रै गुप्ता पक्राउ परेका थिए । गुप्ता पेशाले ठेला ब्यबसायी हुन ।


पटक / पटक सडकमा ठेला गुडाएर बदाम लगाएत फलफूल बिक्री गर्ने गुप्ताका ठेलाहरु धेरै पटक नगर प्रहरीले खोसेको बिगत छ ।

सोही रिस फेर्न गुप्ताले जेनजी आन्दोलनका क्रममा आगजनी गरेको तथ्य फेला पर्न आएको छ । मेयर टिकाराम खड्काको कार्यकक्ष प्रबेश गरि त्यहाँका ल्यापटप लगाएत सामग्री तोडफोड र आगजनी गर्ने मध्य गुप्ता एक प्रमुख पात्र रहेको तथ्य खुल्न आएको स्रोत बताउँछ ।


आफ्नो मोटरससाइकलमा आगजनी गर्ने मध्य हालसम्म चार जनाको पहिचान भइ सकेको भुसालले बताए । गुप्तासहित तीन जना बिरुद्धपनि भुसालले किटानी जाहेरी दिन थालेका छन् ।

किटानी जाहेरी दिन थालेका मध्य एक जना राप्ती प्रादेशिक अस्पतालको क्यान्टिनमा काम गर्ने युवकपनि छन् । त्यस्तै एक जना भारतिय मुलका जस्ता देखिने ब्यक्तिको पहिचान गर्ने क्रम जारी रहेको उनले बताए ।

तुलसीपुरको प्रशासनिक भवनको अन्डरग्राउन्ड पार्किङमा राखेका मध्य पत्रकार प्रकाश केसीको २५० सिसीको मोटरसाइकल पनि आगजनीबाट खरानी भएको छ ।

पत्रकार केसी बिरामी आमा साबित्राकुमार खत्रीको उपचारका लागि काठमाडौं जाँदा साउन ३० गते आफ्नो रा ६ प १४४६ नम्बरको मोटरसाइकल सुरक्षित हुन्छ भन्ने ठानेर त्यही पार्किङ गरि गएका थिए । वीर अस्पतालमा आमाको मुटुको उपचार गराउन गएका तुलसीपुर – ६ गोलौराका पत्रकार केसी अझैं काठमाडौंमै छन् ।

‘आमालाई अस्पतालले बिहीबार मात्रै डिष्चार्ज दिएका छ,’ केसीले भने ‘ एकातिर आमा बिरामी हुँदा ठूलो खर्च हुनु र अर्कौ तर्पm मेरो ब्यक्तिगत मोटरसाइकलमा आगजनी गरि ध्वस्त पारिनुले म निकै पीडामा छु ।’


केसीले पनि आफ्नो मोटरसाइकलमा आगजनी गर्नेहरुले क्षतिपुर्ति दिनुपर्ने बताए । आगजनी गर्नेहरुका बिरुद्ध घर फर्किए पछि पहिचान गरि मुद्दा दिने उनले बताए ।


तुलसीपुर उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख शिब शर्माका अनुसार अन्डरग्राउन्ड पार्किङमा राखिएका मध्य कुल १३ वटा मोटरसाइकल र ६ वटा गाडीहरु आगजनी पछि नष्ट भएका छन् ।

पाँच वटा गाडी सरकारी हुन भने एउटा गाडी उपमहानगरपालिकाको लिफ्ट मर्मतका लागि आएका ब्यक्तिको निजी गाडी हो । जलाइएका सवारी साधन मध्य ६ वटा ब्यक्तिका हुन ।

चार वटा कर्मचारीका निजी मोटरसाइकल र दुई वटा बाहिरका सर्वसाधारणका मोटरसाइकल छन् । भदौ २४ गते जेनजी आन्दोलनका नाममा उपमहानगरको प्राङगणमा पार्किङ गर

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *