तुलसीपुर , भदौ २७ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा देशभरका कारागारहरुमा बिद्रोह भयो। देशभरका कारागारबाट हजारौं कन्दी बन्दी त्यसको फाइदा उठाउँदै भाग्न सफल भए ।
खासगरि ठगी मुद्दामा नख्खु कारागारबाट जेनजीका पर्दशनकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निकालेपछि देशभरका कारागारमा रहेका कैदी बन्दीले आँफुहरु पनि निस्कन पाउनु पर्ने भन्दै बिद्रोह गरेका थिए । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझीपनि जेलबाट भागेका थिए ।
त्यसक्रममा तुलसीपुर कारागारबाट पनि जेल तोडेर सयौं कैदी बन्दी भागेका थिए ।
तर, दाङ जिल्लाकै घोराही कारागारमा भने यो बीचमा पुरै शान्त रह्यो । जिल्ला कारागार घोराहीका जेलर थम्मन खड्काका अनुसार घोराही कारागारमा त्यस्तो कुनै बिद्रोहका गतिबिधिहरु भएनन् । पुरै शान्त वातावरण रह्यो । जेलर खड्का अनुसार देशभरमै उत्कृष्ट तथा अनुशासित कारागारका रुपमा घोराही कारागार यो बीचमा गणना भएको छ ।
यो कसरी संभव भयो ? कारागार भित्रको आन्तरिक प्रशासनका कारण यो सबै संभव भएको खड्काले बताए ।
‘ हाम्रो सुरक्षा ब्यवस्थादेखि लिएर कारागार भित्रको आन्तरिक प्रशासन अतेन्तै उत्कृष्ट र शान्त बनाउन कारागारका चौकीदारले बिषेश भूमिका खेल्नु भएको कारण घोराही कारागारमा कुनै बिद्रोह हुन नपाएको हो,’ उनले भने ।
कारागार भित्रको आन्तरिक प्रशासन अनुशासित र शान्त राख्न चौकिदार विक्कीसिंह ठकुरीले अहम भूमिका निर्वाह गरेको जेलर खड्काले बताए । जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिम्लिसिनाले पनि कारागार भित्र आन्तरिक शान्ति कायम गर्न विषेश गरि चौकीदार सिंहले बिषेश भूमिका निर्वाह गरेको हुँदा सहज भएको बताए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार कारागार भित्रको आन्तरिक प्रशासन चौकीदारले र बाहिरको मजबुत सुरक्षा ब्यबस्थापनका कारण घोराही कारागारमा कुनैपनि हो–हल्ला तथा बदमासी हुन नपाएको बताए ।
घोराही कारागारमा कुल चार सय ३६ जना कैदी बन्दी छन् । उनीहरु सबैलाई कारागार भित्र अनुसाशित राख्ने संझाइ बुझाइ गर्ने दायित्व चौकी दारको जिम्मेदारीमा हुन्छ । चौकीदार बिक्कीसिंह ठकुरीले आँफुले सबैलाई संझाइ बुझाइ गर्ने क्रममा तीन दिन राम्रो संग सुत्न नपाएको बताए ।
‘ घोराही कारागार भित्रपनि जेल तोडेर जानु पर्छ भन्ने आवाज उठ्न थालेको थियो,’ चौकीदार ठकुरीले भने ‘ त्यस्तो बेला कारागार भित्रको आन्तरिक प्रसाशन अनुसाशित राख्न म र मेरो टिमले निकै मेहन गर्नु परेको थियो ।’
जेल तोडर वा भागेर जानु पर्छ भन्नेहरु उर्लिन थालेपछि उनीहरुलाई आँफू स्वएंमले रातदिन नभनी संझाइ बुझाइ गरेको ठकुरीले बताए । ‘मैले भित्र रहेका साथी भाइलाई फेरि फेरी गलत कार्य गर्नु हुन्न भनेर धेरै संझाइ बुझाई गरेको थिए,’ उनले भने ‘ रात दिन आँफै खटिएर दुई जना भन्दा बढी जम्मा भएर आपसमा कुराहरु गर्नपनि बन्देज लगाएको थिए ।’
कारागार भित्र आँफुले अनुसाशन तथा कुशल ब्यबस्थापन कायम गर्न सफल भएकै कारण कारागार प्रमुखदेखि जिल्लास्थित प्रहरी प्रशासनका प्रमुखहरुले धन्यबाद दिएको चौकीदार ठकुरीले बताए ।
तुलसीपुर उपमहानगरपालिका – ११ का बिक्की कर्तव्य ज्यान मुद्दामा सजाय भुत्तान गरिरहेका ब्यक्ति हुन । ठकुरी प्रत्यक्ष आँफै संलग्न नभएपनि उनकै योजना र निर्देशनमा कचिलाका एक जना युवक माथि खुकुरी प्रहार गरि हत्या भएको आरोपमा अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
भदौ २४ र २५ गते बिहानसम्म गरि तुलसीपुर कारागारबाट दुई सय ३४ कैदीबन्दी भागेका थिए । ती मध्य हालसम्म ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागारमा पठाइ सकेको छ ।