
घोराही, कात्तिक १३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह दिए आफूहरु एक पटक चुनाव लड्न तयार रहेको बताएका छन् ।
शनिबार घोराहीमा युवा संगठनको चौथो राष्ट्रिय सम्मेललाई सम्बोधन गर्दै बिप्लवले आफुहरु एक पटक चुनाब डड्न चाहेको र त्यसको लागि जनमत संग्रह आफूहरुको माग रहेको बताए । ‘सत्ताको लागि हैन, प्रधानमन्त्री वा मन्त्री बन्नको लागि हैन,’ उनले भने ‘ ब्यबस्था परिवर्तनको लागि जनमत संग्रहमा जाने हो भने हामी एक पटक चुनाव लड्न चाहान्छौं।’
उनले अन्य पार्टीहरुले आफूहरुलाई हतियार बोकेको पार्टी हो भनेर दमन गर्न खोेजेको रोष प्रकट गरे । ‘हाही युद्ध चाहाँदैनौं, हामीले युद्ध गरेकापनि छैनौं,’ बिप्लवले भने ‘ आशंकाकै भरमा हामीसंग हतियार छ भन्ने ? हाम्रो हतियार खै कहाँ छ ? हाम्रो हतियार त सबै प्रचण्डले बचेर खाइ सक्नु भएको छ नि ।’
प्रचण्ड, बाबुराहरुले हतियार, जनसेना, जनसत्ता, आधार इलाका काठमाडौंमा लगेर बेचिएको बिप्लबले आरोप लगाए ।
‘ गाँउ घरका सोझा दिदी बहिनीहरुलाई प्रमे जालमा पारेर काठमाडौंमा पु¥याएर त्यहाँबाट फेरि बम्बैमा लगेर बचे जस्तै प्रचण्ड र बाबुरामले हामीलाई बेचे र हाम्रा सपना बेचे,’ बिप्लबले भने । कुनैदिन जनमुक्ती सेनाका लागि खुलामञ्चमा झुण्डिनु परेपनि तयार छु भन्ने प्रचण्ड आज कहाँ छन् भनेर उनले प्रश्न समेत गरे ।
बिप्लवले यतिखेर प्रचण्डले तत्कालै गरौं भनेर एकताको प्रस्ताव बारम्बार राख्ने गरेको भन्दै सत्तामा जानको लागि, ठूलो पार्टी बनाउनका लागि र यही संसदीय ब्यबस्तामा फस्नका लागि आफुहरुले एकता नगर्ने स्पष्ट पारे ।
‘ यदी प्रचण्ड वैज्ञानिक समाजवाद प्रति प्रतिबद्ध हुनुहुन्छ भने, राष्ट्रियस्वाधिनका लागि लड्न तयार हुनुहुन्छ भने मात्रै पार्टी एकताको संभवना रहन्छ,’ उनले भने ‘ चुनाव जित्नका लागि र ठूलो पार्टी बनाउनका लागि मात्रै हो भने एकता संभव हुँदैन । हामी त्यस्तोमा एकता गर्दैनौं।’
लिपुलेक कालापानीमा भारतको ज्याजदी कायमै रहे राष्ट्रिय स्वाधिनतका लागि आफूहरु लड्न तयार रहेको उनले बताए ।
उनले एमसिसी देशका लागि उपयुक्त नरहेको बताए । ५० अर्वमा देशको स्वाधिनता बेच्न खोजे त्यो स्वीकार्य नहुने उनले चेतावनी दिए ।

संसदीय ब्यबस्था असफल भइसकेको भन्दै उनले अनेक ब्यथितिको कारण त्यही भएको दाबी गरे ।
चोलेन्द्रको आँगनमा आपसमा वकिलहरु लड्न सुरु गरेको भन्दै अब केही दिनमा सर्बौच्च भित्रै न्यायाधिसहरु पनि भिडे अनौंठो मान्न नहुने उनले बताए ।
सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन बनेको भन्दै बिप्लवले राज्य सत्ताले नेपालमा शान्ति नचाहेको हो कि भन्ने आभास भइरहेको तर्क गरे ।
केपीले गफको फेहरिस्त बोहक केही नदिएको उनको आरोप थियो । तुँइन अझैं बिस्थापित नभएको उनले बताए । केपीले आँफूहरुलाई बहुमतको सरकार निर्माण गरेको दूई महिनामै प्रतिबन्ध लगाएको र त्यसमा प्रचण्डले उक्साएको उनले आरोप लगाए ।
‘प्रचण्डले प्रतिबन्ध लगाएको कुरा थाहाँ नै पाएन भन्नु र केपीले प्रचण्डले उक्साएको भन्ने गरेको सुन्छौं,’ बिप्लबले भने ‘ अरुले जे गरेपनि संगै सुतेका प्रचण्डले हामीलाई यहाँसम्मको धोका दिनु ठूलो कुरा थियो ।’ उनले एनसियलका कारण आफूहरुमाथि प्रतिबन्ध लगाएको बताए । प्रचण्ड, बाबुरामले धोका दिएका कारण क्रान्तिको झण्डा आफुहरुले उठाएको उनले बताए । ‘ हामी पछारियौं र फेरि धुलो टकटक्याएर उठेका छौं,’ बिप्लबले भने ‘ हामी हिजो रगत पुच्दै उठेकाहरु हौं ।’
नेपालका ६० लाख युवाहरु बिदेशमा श्रम बेचिरहेको भन्दै नेपाली शासकहरुले नेपाली युवाहरु बेचेर राज्य शत्ता सञ्चालन गर्दै आएको आरोप लगाए ।
नेपालमा निराशाको चर्चा बढी हुने गरेको भएपनि युवाहरु परिवर्तनका संवाहक भएको भन्दै बिप्लवले युवा वर्ग सक्रिय राजनीतिमा आएर परिवर्तनको झण्डा बोक्नु पर्ने बताए ।