
तुलसीपुर, कात्तिक ७ । आइतबार बेलुका तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परि घोराहीका एक जना युवकको मृत्यु भएको छ । थप २० जना घाइते भएका छन् ।
घाइतेहरुको बिवरण
१) तुलसिपुर १८ का बर्ष ६६ का टोपबहादुर जनैदार टाउकोमा चोट ( अवस्था सामान्ने)
२) राप्ती गाउँपािलका २ का बर्ष १८ का अशोक चौधरी बायाँ हातमा चोट ( अवस्था सामान्ने)
३) तुलसीपुर ८ बालापुरकी बर्ष ५० की चन्द्राकुमारी चौधरी (अबस्था मध्यम)
४) तुलसीपुर १६ की बर्ष १६ की मनिसा बिक (अबस्था मध्यम)
५) तुलसीपुर १६ का बर्ष २५ का किरन नेपाली (अबस्था मध्यम)
६) तुलसीपुर ६ की बर्ष १९ की संगिता वली (अवस्था मध्यम)
७) तुलसीपुर ६ की बर्ष २५ की अल्फा वली (अवस्था मध्यम)
८ं) तुलसीपुर १२ की बर्ष ४५ की सरस्वती नेपाली (अबस्था मध्यम)
९) तुलसीपुर ७ की बर्ष ३४ की भिमकुमारी चौधरी ( अवस्था मध्यम)
१०) तुलसीपुर १२ जसपुरका बर्ष ४६ की सरस्वती बिक (अवस्था मध्यम)
११) रोल्पाको गंगादेब गाउँपालिका ७ की बर्ष ४० की बेलमती कामी (अवस्था मध्यम)
१२) दाङको गढवा ५ की बर्ष ३० की सीताकुमारी चौधरी (अवस्था मध्यम)
१३) तुलसीपुर १७ की बर्ष ३४ की संगीता महर (अवस्था मध्यम)
१४) दंगीशरण गाउँपालिका ७ की बर्ष १८ की संगीता भण्डारी (अवस्था सामान्य)
१५) दंगीशरण गाउँपालिका ७ का बर्ष ६४ का खली नेपाली (अवस्था सामान्य)
१६) दंगीशरण गाउँपालिका ७ का बर्ष ६९ का धर्म नेपाली (अवस्था मध्यम)
१७) रोल्पा त्रिबेनी ४ का बर्ष २० का मनोज बिक (अवस्था सामान्य)
१८) तुलसीपुर १८ का बर्ष ५२ का कर्णबहादुर नेपाली (अवस्था सामान्य)
१९) शान्तिनगर गाउँपालिका ६ का बर्ष २६ का उदिराम चौधरी (अवस्था सामान्य)
२०) गढवा ५ का बर्ष २६ का अनोज चौधरी (अवस्था सामान्य)
र
२१) तुलसीपुर ११ की बर्ष ४० की कमला चलाउने –अबस्था मध्यम)
दुर्घटनामा परि घोराही उपमहानगरपालिका वडा नं. १० का २८ बर्षीय प्रेम परियारको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

परियारलाई दुर्घटना पछि बसले च्यापेको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार उनलाई जेसिभीको साहेताले उद्धार पछि अस्पताल लगिएको थियो ।
घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मोतिपुरमा बेलुका सवा ५ बजेतिर दुर्घटनामा पर्दा सडकदेखि तल खसेर उत्तानो परेको थियो ।

चालकले ओरालोमा बसको ब्रेक लगाउँदा ब्रेक लागेपनि स्टेरिङमा आएको समस्याका कारण बस दुर्घटनामा परेको प्रहरी समक्ष बयान गरेको डिएसपी अर्यालले जानकारी दिए । ‘यात्रुले पनि बस तीब्र गतिमा नरहेको बताएका छन्,’ डिएसपी अर्यालले भने ‘यान्त्रिक गडबढीले गर्दा बस दुर्घटनामा परेको खुल्न आएको छ ।’ चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
सबै तस्विर राजेश खत्री