२०८२ माघ २५ गते आइतवार

मोतिपुर बस दुर्घटनामा घोराहीका एक जनाको मृत्यु

तुलसीपुर, कात्तिक ७ । आइतबार बेलुका तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परि घोराहीका एक जना युवकको मृत्यु भएको छ ।

बसले च्यापेका घोराही उपमहानगरपालिका वडा नं. १० का २८ बर्षीय प्रेम परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

जेसिभीको सहयोगमा उद्धार गरि राप्ती प्रोदेशिक अस्पताल तुलसीपुर पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मोतिपुरमा बेलुका सवा ५ बजेतिर दुर्घटनामा परेको थियो ।

मोतिपुरको ओरालोमा बस सडकदेखि तल खस्न पुग्दा त्यसमा सवार थप २१ जना यात्रु घाइते भएको डिएसपी अर्यालले जानकारी दिए ।

अन्य घाइते सबैको तुलसीपुरमै उपचार भइरहेको डिएसपी अर्यालले बताए ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

राप्ती प्रादेशिक अस्पतालमा लगिएका घाइतेहरु – सबै तस्बिरहरु – राजेश खत्री ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *