२०८२ चैत्र २६ गते बिहिवार

सुन र चाँदीको मूल्य बढ्यो


दाङ, चैत २५ ।
नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ ।
सुनको भाउ बुधबार प्रतितोला सात हजार दुई सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बधुबार सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै बुधबार चाँदी तोलामा दुई सय पाँच रूपैयाँ बढेको छ । बुधबार पाँच हजार २५ रूपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी मंगलबार प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *