२०८२ चैत्र २६ गते बिहिवार

सुनको मूल्य तोलामा २ हजार ६ सयले घट्यो

दाङ, चैत २३ ।
नेपाली बजारमा सोमबार सुन चाँदीको भाउ घटेको छ।
सोमबार सुनको भाउ प्रतितोला दुई हजार ६ सय रूपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलाको दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य ५० रूपैयाँ घटेको छ । सोमबार चाँदी तोलामा चार हजार सात सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *