दाङ, मंसिर १७ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बधबार पदबाट राजीनामा दिएका छन ।
प्रदेश सभा बैठक मार्फत उनले राजीनामा दिएका हुन ।
सर्वोच्च अदालतले सोमबार मात्रै यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो । बुधबार विश्वासको मत लिने तयारी गरि रहँदा विश्वासको मत पाउने अवस्था नदेखेपछि यादवले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन ।
नेकपा एमालेका नेतासमेत रहेका यादव कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । जस्ले कात्तिक २४ गते बिहान पाँच बजेतिरै महोत्तरीको बर्दिबासस्थित एक होटलमा शपथ लिएका थिए।
जसकारण तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिबादित बनेकी थिइन । उनी प्रदेश प्रमख बाट हटि सकेकी छन् ।
प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
