तुलसीपुर, फागुन ११ । दाङ क्षेत्र नं.३ मा आम जनता पार्टीकी उम्मेद्वार पाण्डवी नेपाली नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन् ।
सोमबार उम्मेदवार नेपालीसहित २३ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । पाण्डेलाई नेकपा दाङ–३ का उम्मेदवार धनबहादुर मास्कीले स्वागत गरेका थिए ।
नेकपा तुलसीपुर – ९ को आयोजनामा भएको चुनाबी सभामा नेपालीसहितका ब्यक्ति नेकपामा पार्टी प्रबेश गरेका हुन ।
चुनाबी सभालाई सम्बोधन गर्दै मास्कीले मुलुकमा संघीयता, समावेशी, धर्मनिरीपेक्षतासहितको संविधान निर्माण गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले मुलुकको रक्षाको लागि नेकपालाई मतदान गर्न आग्रह गरे ।
नवप्रवेशी नेपालीले नेकपाको विचार मन परेको हुँदा आँफु पार्टी प्रवेश गरेको बताइन ।
वडा निर्वाचन परिचालन समितिका संयोजक मदन हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसंयोजक दुर्गा शर्माले बताए ।
मास्कि लुम्बिनी प्रदेशसभा सदस्य बाट राजिनामा दिएर उम्मेदवार बनेका हुन ।