घोराही, फागुन ११ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार किरण किशोर घिमिरेले आफू निर्वाचित भएपपछि नेपाल सरकारबाट प्राप्त हुने तलब–भत्ता निम्न वर्ग तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन ।
बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा–छोरीलाई उच्च शिक्षाको पहुँच सम्म पुयाउन तबल भत्ता उनीहरुकै लागि खर्च गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
‘राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो ,’ उनले भने, ‘म निर्वाचित भएमा पाउने सम्पूर्ण तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लगानी गर्नेछु ।’
शिक्षालाई सामाजिक रूपान्तरणको मुख्य आधार भएको भन्दै काँग्रेस उम्मेदवार घिमिरेले राज्यबाट पाउने सुविधालाई समाजमै फर्काउने प्रतिबद्धता जाहेर गरेका हुन ।
त्यस्तै घिमिरेले दाङ–२ मा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताए।