२०८२ फाल्गुन ११ गते सोमवार

बाँके– २ का काँग्रेस उम्मेदवार कोइराला भन्छन् – मतदाताको मायाले म उत्साहित छु

नेपालगंज, फागुन ११ । बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला सोमबार मनिकापुर क्षेत्रमा भोट माग्दै घर दैलो गरेका छन् ।
पुर्व प्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको भतिजा हुन शुधान्सु कोइराला ।


कांग्रेसले युवा र योग्य उम्मेदवार उठाएको भन्दै नेपालगन्ज–२० मनिकापुरका अधिकांस मतदाताले यसपटक शुधान्सुलाई नै मतदान गर्ने बताएका छन् ।

मनिकापुरका जोगिन्द्रप्रसाद यादवले कुनै पनि गलत काम गरेको दाग नलागेकाले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु योग्य उम्मेदवार रहेको बताए ।

‘चुनावी मैदानमा रहेका उम्मेदवारहरुको अनुहार हेर्दा शुधान्सु कोइरा नै योग्य उम्मेदवार देखिन्छन, उहाँलाई अरु उम्मेदवारसँग तुलना गर्न मिल्दैन,’ यादवले भने ।
फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसलाई नै मतदान गरेर जिताउन यादवले आग्रह गरे ।

घरदैलोका क्रममा मतदातामा देखिएको उत्साह र मायाले आफु उच्च मनोबलका साथ अगाडि बढिरहेको उम्मेदवार कोइरालाले बताए । ‘मैले मतदाताहरुको आर्शिवाद पाईरहेको छु, म एकदमै खुसी छु,’ कोइरालाले भने ।

घरदैलोका क्रममा अधिकांस मतदाताले आफुले मतदान गरेर जिताएको प्रतिनिधि सधैं सम्पर्कमा रहनुपर्ने, दुःख सुखमा साथ दिनुपर्ने र शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा ध्यान दिनुपर्ने सुझाव दिएको उम्मेदवार कोइरालाले बताए ।

उम्मेदवार कोइरालाले सोमबार नै डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा घरदैलो गरेको निर्वाचन प्रचार–प्रसार सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *