२०८२ फाल्गुन ११ गते सोमवार

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो


काठमाडौँ ,फागुन ११ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र उपचारका क्रममा थप २ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमान्डमा टोली खटिएको थियो भने नेपाल प्रहरी, नेपाली सेना र स्थानीय समेत उद्धारका खटिएका थिए ।

दुर्घटनामा अन्य १९ जना घाइते भएको र उनीहरुको धादिङ र काठमाडौँमा उपचार भइरहेको शसस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनाको कारण बारे प्रहरीले अझै खुलाएको छैन ।

प्रकाशित मिति : २०८२ फाल्गुन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *