२०८२ फाल्गुन १० गते आइतवार

श्रीमान अघिअघी थिए, पछाडि हिडिरहेकी नबबिबाहित श्रीमति पुष्पाले नदीमा हाम फालिन


दाङ, फागुन १० । शुक्रबार सल्यानस्थित भेरी नदीमा हाम फालेकी एक युवती अझैं फेला परेकी छैनन् ।


बिहेपछि जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइती घरमा श्रीमान संगै पुगेकी २१ वर्षीया पुष्पा सिंहले शुक्रबार बिहान साढे ११ बजेतिर नदीमा हाम फाल्दा बेपत्ता छिन् ।


बेपत्ता सिंहले दाङको तुलसीपुर उपमहानगरपालिका–६, बरुवा गाउँका ३० वर्षीय त्रिदेव मल्ल संग बिहे गरेको करिब दुई हप्ता अघि मात्रै सामाजिक परम्परा अनुसार बिहे बन्धनमा बाँधिएका थिए ।

उनीहरुले घर परिवारको सहमतिमा बिहे गरेका थिए । प्रहरीका अनुसार मल्ल एक डेढ बर्ष बिदेश बसेर घर फर्किएका युवक हुन ।


आपसी प्रेममा परेका उनीहरुले घर परिवारको सहमतिमा बिहे गरेका थिए ।

बिहे पछि श्रीमान – श्रीमति संगै माइती गएको हुँदा श्रीमतिको आग्रहमा नब विबाहित जोडी भेरी नदीको बेलब्रिज पुलमा घुम्न गए । भेरी नदीको पुल माथि उनीहरुले तस्बिरहरु खिच्नेदेखि टिकटक र भिडियो बनाउँदै रमाएका थिए ।


जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले सिंहका अनुसार संगै रमाउँदै टिकटक बनाए पछि उनीहरु आपसी सल्लाहमा माइती घर तर्फ फर्किदै गर्दा श्रीमति सिंहले एकाएक पुलबाट भेरी नदीमा हाम फालेकी थिइन ।


माइती घर तर्फ फर्किने क्रममा श्रीमान मल्ल अघि थिए भने श्रीमति सिंहले उनलाई पच्छ्याइ रहेकी थिइन । सोही क्रममा सिंहले नदीमा हाम फालेको मल्लले बताएका छन् ।


यो घटना पुलमा रहेका अन्यले पनि प्रत्यक्ष देखेका थिए । प्रत्यक्ष त्यो दृष्य देखेका बनगाड –१ का ४२ वर्षीय जितेन्द्र शाह सिंहलाई जोगाउनका लागि नदीमा हाम फालेका थिए ।

तर उनी आँफै डुब्न पुगेपछि स्थानीय दुई जना पौडी बाज नदीमा पसेर उनको उद्धार गरि ज्यान जोगाएका थिए ।
डुबेर अचेत अवस्थामा पुगेका शाहलाई प्रहरीले उपचारका लागि बनगाडस्थित नगर अस्पतालमा पुर्‍याएको थियो ।

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि शाहलाई सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याइएको थियो । उपचार पछि उनी घर फर्किएका थिए । प्रहरी निरीक्षक भट्टराइका अनुसार शाह अझैं अस्पतालको फलोअपमा छन् ।


हालसम्मको अनुसन्धानबाट श्रीमान – श्रीमतिका साथै माइती र घर पक्षका बीचमा निकै सौहार्दपूर्ण वातावरण रहेको पाइएको प्रहरी निरीक्षक भट्टराइले बताए ।


श्रीमति नदीमा हाम फालेर बेपत्ता भएपछि माइती घरमै बसेर श्रीमान मल्ल स्थानीय र प्रहरी संगै खोजी कार्यमा खटिएका छ्न ।


दुई हप्ता पहिले मात्रै बिहे गरेकी सिंहले श्रीमान संगै घुम्न गएको समयमा किन नदीमा हाम फालेकी थिइन ? भन्ने बारेमा थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *