दाङ, फागुन ९ । बैतडीमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि बोलेरो जिपका चालक शिवनाथ गाउँपालिका–२ पचरबेउका २६ वर्षीय केशव सिंह धामीको घटनास्थलमै मृत्यु भएको हो ।
अस्पताल पुर्याउनासाथ गम्भीर अवस्थाका घाइते सिंहलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार सुप ०४–००१ ज ००६९ नम्बरको जिप शिवनाथ गाउापालिका–३ बछलादेखि पचरबेउ जाने क्रममा शुक्रबार राति करिब ११ बजेतिर दुर्घटना परेको थियो ।
जिप सडक बाट झन्डै दुई सय मिटर तल खसेको छ ।
जिपमा चालक सिंह एक्लै सवार थिए । दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । पोष्टमार्टमको लागि शब केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शनिवार