२०८२ फाल्गुन ८ गते शुक्रवार

तुलसीपुरमा आफ्नो झन्डा जलाउने राश्वपाका कार्यकर्ता माथि कारबाही गर्न एमाले दाङको माग

तुलसीपुर, फागुन ८ । नेकपा एमाले दाङले तुलसीपुरमा बिहीबार राति आफ्नो पार्टीको चुनाब चिन्ह जलाएको घटनाको निन्दा गरेको छ ।

एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले शुक्रबार बिज्ञप्ति जारी गर्दै त्यसलाई एमालेको आश्था र भावना माथिको प्रहार भएको बताएका छन् ।

अध्यक्ष आचार्यले तुलसीपुरमा एमालेको झण्डा जलाउने राश्वपाका कार्यकर्तालाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

साथै एमाले अध्यक्ष आचार्यले समाजलाई उत्तेजित बनाउने तथा हिंसा बढाउन सक्ने चिन्ता जाहेर गर्दै त्यस्ता कानुन उलंघनका घटना प्रति सम्बन्धित पक्ष र सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।


अध्यक्ष आचार्यले लोकतान्त्रिक आचारण बिपरितका उच्छुङखल गतिबिधि स्वीकार्य नहुने र यसबाट एमाले जनहरु बिचलित नभइ एमालेको पक्षमा मतदान गरि अलोकतान्त्रिक पक्षलाई पराजित गर्न अपलि गरेका छन् ।


यसैबीच शुक्रबार एमालेको भातृ संगठन अनेराश्ववियु र युवा संघका युवाहरुले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई भेटेर तुलसीपुरमा एमालेको चुनाब चिन्ह जलाउने माथि कारबाहीको माग गरेका छन् । उनीहरुले २४ घन्टा भित्र दोषीलाई कानुन अनुसार कारबाही गर्न ज्ञापन पत्र मार्फत माग गरेका छन् ।

ज्ञापन पत्र बुझाउन एमालेका कार्यकर्ताहरु मोटरसाइकल र्‍यालीसहित पुगेका थिए ।
त्यस्तै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको झण्डा जलाउनेहरु अराजकता र उदण्डताका प्रतिक भएको बताएका छन् ।


दाङ तुलसीपुरको वीरेन्द्र चोकमा बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आउँदा भेला भएका मध्य केहीले एमालेको चुनाह चिन्ह (सुर्य) अंकित झण्डा जलाएका थिए ।

त्यसक्रममा उनीहरुले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धपनि चर्का नाराबाजी गरेका थिए ।


त्यसको बिरोधमा दाङ क्षेत्र नं. २ का उम्मेदवारसमेत रहेका एमाले महासचिव पोखरेलले शुक्रबार बिहान आफ्नो सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै त्यो घटनाको बिरोध गरेका छन् ।


उनले लेखेका छन् ‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’

घुसपैठ भयो – राश्वपा
राश्वपाका जिल्ला सभापति बिनय घिमिरेले भने घुसपैठहरुले एमालेको झण्डा जलाएर भ्रमपूर्ण वातावरण सृजना गरेको दाबी गरेका छन् ।

राश्वपाका सभापति रबि लामिछाने सुर्खेतहूँदै दाङको तुलसीपुर आइ पुग्दा उनको स्वागतमा सडकमा स्वस्फूर्त रुपमा उत्साहजनक उपस्थिति देखेपछि आत्तिएका केही घुसपैठ र अवाञ्छित तत्वहरुले भ्रमपूर्ण वाताववरण सृजना खोजेको ठहर आफ्नो पार्टीको रहेको घिमिरेले दाबी गरेका छन् ।


तुलसीपुरमा एमालेको चुनाब चिन्ह जलाउने तथा केपीका बिरुद्ध गरिएको नाराबाजी बिरुद्ध नेपाली काँग्रेसका नेताहरुले पनि बिरोध जनाएका छन् ।


काँग्रेस नेताहरुले त्यसलाई लोकतान्त्रिक आचारण बिपरितका उच्छुङखल गतिबिधि भनेका छन् ।


घटना पछि राश्वपाले रुपेन्देहीको भैरहवा र पोखरामा आयोजना गर्ने भनेका कार्यक्रमहरु स्थगित गरेको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *