२०८२ फाल्गुन ८ गते शुक्रवार

राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी

तुलसीपुर (दाङ), फागुन ७ । दाङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्ने बताएका छन् ।

तुलसीपुरमा आज तुलसीपुर नगर जेसिसले आयोजना गरेको उम्मेदवारसंग ककस कार्यक्रममा बोल्दै गिरीले उक्त अस्पताललाई पश्चिम दाङको भरपर्दो स्वास्थ्य गन्तब्यका रुपमा विकास गर्ने आफ्नो योजना सुनाए ।

उनले राप्ती बबई क्याम्पस स्थापनाका लागि आफूले गरेको मेहनत र अहिले राप्ती बबई क्याम्पसले पश्चिम दाङमा शैक्षिक विकास र गुणस्तर बृद्धिमा खेलिरहेको भूमिकाको स्मरण गराउँदै उक्त क्याम्पसलाई प्रविधिमैत्री विश्वविद्यालयका रुपमा विकास गर्ने उद्घोष समेत गरे ।

गिरीले किसानका उत्पादनहरुको भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डार) को अपरिहार्यता औल्याउँदै त्यसका लागि पनि काम गर्ने उनको प्रतिबद्धता छ ।

आफ्ना योजना र प्रतिबद्धता सुनाउँदै आफ्नो उम्मेदवारीको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका गिरीले सहभागीहरुको प्रश्नको जबाफ समेत दिए । उनले युवा जोशका साथ दाङ बनाउने आफ्नो हुटहुटीलाई फेरि साथ दिन आह्वान गरे ।

गिरीले भने-“जुन-जुन बेला पार्टीले मेरो आवश्यकता ठानेको छ, त्यति-त्यति बेला मलाई उम्मेदवार बनाएर खटाएको छ, म जनतालाई जनार्दन मानेर काम गर्दछु, मेरो उत्साह र जाँगर अहिले पनि उस्तै छ ।”

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *