२०८२ पुष ८ गते मङ्गलवार

बिद्यार्थीलाई ४ दिन जाडो बिदा

दाङ, पुस ८ । बाँकेको नेपालगंज उपमहानगरपालिकाले चार दिन जाडो बिदा दिएको छ ।

पुस ११ गदेदेखि १४ गतेसम्म उपमहानगरपालिका भरका बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई सार्वजनिक बिदा दिइएको छ ।

उपमहानगरका उपसचिव गोर्खबहादुर थापाले अत्यधिक चिसो बढेका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने कुरालाई मध्यनजर गर्दै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक सूचना मार्फत जानकारी दिएका छन् ।


यो बीचमा नेपालगंजमा ८औं मेयर कपसमेत चल्दै छ । बढेको अत्यधिक चिसो र मेयर कपलाई समेत मध्यनजर गरि चार दिन जाडो बिदा दिने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *