२०८२ पुष ८ गते मङ्गलवार

दाङमा झन्डै साढे ४४ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

तुलसीपुर , पुस ८ । दाङमा झन्डै साढे ४४ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

राप्ती गाउपालिका – ५ बाट बाँकेको नेपालगन्ज उपमहानगरपालिका –१ धम्बोजीका ३८ बर्षीय ईमरान सिद्दिकी हलवाई र नेपालगंज – ८ ज्वलाहापुरका ३८ बर्षकै नुरूद्दिन अन्सारीपनि ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

उनीहरुको साथ बाट ३१ ग्राम १६० मिलीग्राम ब्राउन सुगर बरामद भएको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।


पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका – ५ को कालापानी सड्क खण्डमा इलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालतले दुबै जना माथि आवश्यक अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी प्रबक्ता शाहले जानकारी दिएका छन् ।


त्यस्तै पक्राउ परेका मध्य एक जना रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका – १२ का २६ को सुजन परियार छन् ।

परियार लमही नगरपालिका –५ लमही बसपार्क बाट सोमबार पक्राउ परेका जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए । उनको साथबाट १३ ग्राम २९० मिलिग्राम ब्राउन सुगर बरामद भएको शाहले जानकारी दिएका छन् ।

लमही बसपार्कमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमही बाट खटिएको प्रहरी टोलीले परियारलाई नियन्त्रणमा लिएको थियो ।

दाङ जिल्ला अदालतले दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी प्रबक्ता शाहले बताए ।
पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *