
दाङ, पुस ७ । तुलसीपुरका सन्दिप भुसाल नेपाल जेसिजको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
भुसाल तुलसीपुर नगर जेसिजका अध्यक्षसमेत हुन ।
जनकपुरमा भएको नेपाल जेसिजको ५२ औ राष्ट्रिय अधिवेशनबाट बर्ष २०२६ का लागि भुसाल उपाध्यक्ष पदमा भएको मतदान मार्फत भुसाल निर्बाचित भएको तुलसीपुर नगर जेसिजका पूर्ब अध्यक्ष केशबराज केसीले जानकारी दिए ।
तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष पूर्णबिक्रम डाँगीका अनुसार भुसालले सात सय ४८ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
१२ उपाध्यक्ष पदका लागि देशभरका २० जना जेसीहरुका बीचमा प्रतिष्पर्धा भएको थियो ।
प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
