हेमराज शर्मा, घोराही, पुस ७ । दाङको घोराहीस्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा ७औं कार्यकालका लागि अध्यक्षमा शंकर गौतम निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार भएको ९औं अधिवेशनले अध्यक्षमा गौतमलाई सर्वसम्मत रुपमा पुन ः सोही पदमा अनुमोदन गरेको हो ।
२०५८ सालमा कोषाध्यक्ष पदबाट खानेपानी संस्थाको यात्रा शुरु गरेका गौतम २०६४ सालदेखि अनवतर रुपमा अध्यक्ष पदमा कार्यरत छन् ।
संस्थाको ८औं कार्यकालको लागि आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । अध्यक्षमा गौतम बोहक कसेको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा चयन भएका हुन ।
पाँच पदाधिकारीसहित ११ सदस्यीय कार्यसमितिको सवै पदहरु सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए ।
जस्को उपाध्यक्षका जंगबहादुर जिसी, सचिवमा मिनराज लम्साल,सह–सचीवमा शान्तराज अधिकारी र कोषाध्यक्षमा सुनिता आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा हरिप्रसाद रिजाल, शिवकुमार भण्डारी, शारदा न्यौपाने, गीता पोख्रेल, मुना पोख्रेल र रोमा जिसी चयन भएका छन् ।
अहिले सहसचिव बनेका शान्तराज अधिकारी र कोषाध्यक्ष भएका आचार्य यसअघि संस्थाको कार्यसमिति सदस्य थिए । कार्यसमितिका सदस्यहरु मध्ये चार जना नयाँ र दुई जना पुरानै अनुहार दोहरिएका हुन ।
भरतपुर खानेपानीमा २३ औ साधारणसभा शनिबार घोराहीमा भएको थियो ।
