तुलसीपुर, पुस ४ । दाङको लमही नगरपालिका – ५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा लुटपाट गर्ने उदेश्यले गोली चलाएर भागेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका युवक बारे प्रहरीले दिउँसो साढे ४ बजेपछि पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार ती ब्यक्ति जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुर कारागार बाट भागेको तथ्य खुलेको छ ।
गत मंसिर २० गते दिउँसो साढे १ बजेतिर लमही नगरपालिका – ५ लमही गल्लीस्थित सुमन सुनारले सञ्चालन गरेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उदेश्यले गोली चलेको थियो ।
त्यो गोली प्रहार बाट पसलका कर्मचारी प्युठान नगरपालिका –५ का १८ बर्षीय दिपक सुनार भाग्यले जोगिएका थिए । उनको चिउडो मुनीको छाला गोलीले छेडेको थियो । सामान्ने उपचार पछि घटनाको दोस्रो दिन मंसिर २१ गते डिस्चार्ज भए सकेको प्रहरीले बताएको छ ।
त्यो गोली प्रहारको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दाङ बंगलाचुली गाउपालिका वडा नं. ४ काभ्रे गाउँका ३३ बर्षीय किरण भनिने लेखराज केसीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका लेखराज लागु औषध मुद्दामा १५ बर्ष कैद र पाँच लाख जरिवाना तोकिएका ब्यक्ति हुन ।
जो जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारमा उत्पन्न असहज परिस्थितिको फाइदा उठाउँदै जेलबाट भागेका थिए ।
रुकुम जिल्ला अदालत मुसिकोट रुकुमले केसीलाई २०७७ /११ / २७ गते लागु औषध (अफिम) कसुर अपराध मुद्दामा अभियोग ठहर गर्दै १५ बर्ष कैद र पाँच लाख रुपैँया जरिवानाको फैसला सुनाएको थियो ।
सजाय भुक्तान गरि रहेका केसी भदौ २४ गते जेनजी आन्दोनलका क्रममा दाङको तुलसीपुरस्थित कारागार बाट भागेका ब्यक्ति रहेको स्रोतले बताएको छ ।
गत मंसिर २० गते दिउँसो साढे १ बजेतिर लेखराज केसी लमही नगरपालिका – ५ लमही गल्लीस्थित सुमन सुनारले सञ्चालन गरेको जुनतारा सुनचाँदी पसलमा सुनका गरगहनाहरु खरिद गर्न भनेर रा १ प २६४९ नम्बरको मोटरसाइकलमा चढेर गएका थिए ।
लेखराज आँफैले मंसिर १९ गते सुनारलाई फोन सम्पर्क गरि धेरै गरगहना किन्न शनिबार आउँदै छु भनेका थिए । गोली प्रहारको घटना पछि लेखराज मोटरसाइकल घटनास्थलमै छोडेर भागेका थिए ।
लमहीस्थित एक होटेलमा मंसिर २७ गते राखिएको हतियार चलाउन खोज्दा पड्किएर अर्का एक जनापनि सामान्ने घाइते भएका थिए ।
लमहीको रातो डाँडास्थित ‘रोयल प्यालेस होटल’मा कार्यरत १८ बर्षीय सिसम गौतमको हातमा हतियार फेला पारी चलाउने क्रममा हातको औंलामा गोली लागेको थियो ।
पेस्तोल होटेलको कोठाको एसी माथि राखेको देखेपछि रुम सफा गर्ने क्रममा गौतमले त्यो फेला पारि चलाउने क्रममा गोली पड्किएको थियो ।
