२०८२ पुष ८ गते मङ्गलवार

सल्यानमा ३३ थान भरुवा बन्दुक बरामद

दाङ , पुस ३ । सल्यानमा प्रहरीले अबैद्य रुपमा लुकाइ छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ ।

गोप्य सुराकका आधारमा जिल्लाको त्रिवेणी गाउँपालिकाका वडा नं. १ र वनगाड कुपिन्डे नगरपालिका वडा नं. १०, ११ र १२ बाट बिभिन्न समयमा गरि ३३ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए ।

भरुवा बन्दुकहरु मानिस नबस्ने खाली घर, ओडारहरुमा लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारि बरामद गरिएको प्रहरी निरीक्षक भट्टराइले बताए ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *