२०८२ पुष ८ गते मङ्गलवार

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले केन्द्रीय सदस्यमा निर्वाचित

दाङ, पुस ३ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट बिहीबार उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।
उनी पार्टीको १०औं महाधिवेशन पछि पनि केन्द्रीय सदस्य थिए । ११औं महाधिवेशनमा उनले एक हजार दुई सय ५१ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

आचार्यको राजनीतिक यात्रा २०३९ सालमा अनेरास्ववियूबाट सुरु भएको हो । २०४७ सालमा जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला सचिव, २०६९ देखि २०७८ सालसम्म उनी जिल्ला अध्यक्ष थिए । त्यसपछि उनी पार्टी केन्द्रीय सदस्य बनेका थिए ।

आचार्यले दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भएका नेता हुन ।
यस अवधिमा आन्तरिक मामिला, सहरी विकास तथा खानेपानी, आर्थिक मामिला तथा योजना मन्त्री पछि हाल मुख्यमन्त्रीको भूमिकामा छन् ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *