२०८२ पुष ८ गते मङ्गलवार

कर्णालीको मुख्यमन्त्री कँडेल एमाले सचिवमा निर्वाचित

दाङ, पुस ३ ।नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सचिवमा निर्वाचित भएका छन् ।

कँडेल कर्णाली बाट पार्टीको पदाधिकारीमा निर्वाचित हुने पहिला ब्यक्ति हुन । कँडेल ११८५ मत प्राप्त गरि सचिव पदमा निर्वाचित भएका हुन ।

२०३६ सालमा किसान आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका कँडेल बिद्यार्थी राजनीति हुँदै २०४९ मा सुर्खेत जिल्ला सचिव बनेका थिए । उनी सोही साल २०४९ मा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।


त्यस्तै उनी २०५१ को मध्यावधि निर्वाचनबाबट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने सोही सालमा एमाले भेरी अञ्चल सचिव भएका थिए ।


उनी २०५४ पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए भने २०५६ संसदीय निर्वाचनमा मालेको तर्फबाट उमेदवार भइ पराजित भएका थिए ।


त्यसपछि २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० मा संविधानसभा पराजित भएका थिए ।
२०७४ र ०७९ सालमा प्रदेशसभा सदस्य सुर्खेत बाट निर्वाचित भएका थिए । हाल उनी कर्णाली प्रदेशको मुख्यमन्त्रीको भूमिकामा छन् ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *