२०८२ पुष ८ गते मङ्गलवार

दाङबाट एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्यमा क–कस्ले चुनाव जिते ?

पराजित हुने एक जना को हुन ?


दाङ , पुस ३ । दाङले नेकपा एमालेको ११औं महाधिवेशनबाट महासचिवसहित थप दश जना केन्द्रीय सदस्यहरु जितेको छ । एक जना भने पराजित भएका छन् ।

दाङका शंकर पोखरेल दोस्रो कार्यकालका लागि महासचिव पदमा १२२८ मत प्राप्त गरि बिजयी भएका हुन ।
उनका प्रतिपष्र्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका थिए । पोख्रेल पाण्डे भन्दा २३० मत प्राप्त गरि निर्वाचित भएका हुन ।
पोखरेल तुलसीपुर उपमहानगरपालिका – १९ हाडिमेका स्थायी बासिन्दा हुन ।

त्यस्तै दाङ बाट कोमल ओली, घोराहीका मेयर नरुलाल चौधरी, घोराहीकी पूर्व उपमेयर सीता सिग्देल न्यौंपाने, तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डे, शान्ता चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन बाटै छबिलाल वली केन्द्रीय अनुसाशन सदस्यमा र रेबतिरमन शर्मा केन्द्रीय लेखा कमिटी सदस्यमा निर्वाचित भएका हुन ।

निर्वाचन हुनु भन्दा पहिले नै महासचिव पोखरेलकी बहिनी मेनका पोखरेल (सर्वसम्मत) र साजिदा सिद्धिकी (सर्वसम्मत) केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचन बाट दाङका भागवत विश्वासी भने पराजित भएका छन् । उनी एमाले बिभाजन पछि (नेकपा एकीकृत समाजबादी) पार्टीमा लागेपनि केही समय पछि एमालेमा पार्टी प्रबेश गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *