२०८२ पुष ८ गते मङ्गलवार

प्रतिष्ठानको उपकुलपति नियुक्त तत्काललाई रोक्न उच्च अदालत तुलसीपुरको अल्पकालिन आदेश


दाङ,पुस २ । स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सुचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अल्पकालिन आदेश जारी गरेको छ ।

अदालतका सुचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थिले दायर गरेको रिटमा पुस ८ गते छलफलमा दुबै पक्षलाई बोलाउने आदेश दिएको हो ।

८ गतेसम्म नियुक्तिको प्रकृया अघि नबढाउन र अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने बारे आगामी पेशिमा छलफल पछि मात्रै थाहा हुने उनले जानकारी दिए ।

उच्च अदालतका मुख्य न्यायधिस राजेश्वर तिवारिको एकल इजलाशले त्यस्तो आदेश दिएको हो ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *