२०८२ पुष ८ गते मङ्गलवार

रबि लामिछानेले तीन करोड उठाउन तीन मिनेटपनि लाग्दैन – स्वर्णिम वाग्ले

तुलसीपुर , मंसिर २८ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रबि लामिछानेलाई दुरासययुक्त भावनाका साथ जेलमा कोचिएको बताएका छन् ।

दाङको तुलसीपुरमा आयोजित नगर भेलालाई शनिबार सम्बोधन गर्दै उपसभापति वाग्लेले संसदीय छानविन प्रतिबेदनले कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रबि लामिछानेको संलग्नता भेटिएन भन्ने उल्लेख गरेपनि प्रतिसोधका कारण रबिलाई थुनिएको उनले दाबी गरे ।
पाना नम्बर चार सय ४९ मा त्यो कुरा उल्लेख रहेको वाग्लले बताए ।

‘सुर्य थापाको नेतृत्वको छानविन समितिले सिंगो राज्यले तीन महिना लगाएर बाह्र सय पेजको प्रतिबेदन ल्याएपनि कुनैपनि प्रक्रिया बाट रकम झिक्ने प्रक्रियामा रबि लामिछानेको संलग्नता भेटिएन,’ वाग्लेले भने ‘ कुनै सहकारीको सदस्य भएको ब्यबस्थापक भएको संचालक भएको, न केवाइसीका फारम छ, न ल्याप्चे छ, न ठेगानाहरु मिल्छ , कँही पनि सहकारीमा साइन नभएका रबि लामिछाने भनेर संसदकै छानविन प्रतिबेदनमा भन्दिएको छ ।’ तर त्यो प्रतिबेदनले संग संगै जिबी राई भन्ने मान्छेले भने केही रकम सहबारीबाट ल्याएको, निजी ऋण भनेर एउटा निजी कम्पनीलाई दिएको कुरा उल्लेख रहेको वाग्लेले बताए ।

‘त्यही निजी कम्पनमा आएर खर्च भएको – घुमाउरो पाराले सहकारीबाट जिबी राईले आफ्नो नियन्त्रणमा रहेको गोरखा मिडिया भन्ने निजी कम्पनीले माग गरेको र दिएको रकम खर्च त भयो,’ वाग्लेले भने ‘ रबि लामिछानेजीले पनि केही चेक त काट्नु भयो कुनै ब्यक्तिगत लाभका लागि होइन त्यो निजी कम्पनी चलाउने सिशशिलामा ड्राइभरको तलब होला, क्यामेरा किन्नु भयो होला इत्यादि , उहाँको जे जे दायित्व र जिम्मेवारी देखिन्छ त्यो हेर्नु भनेर संसदले भनेको थियो ।’
तर, यति सजिलो र सिधा कुरा अति नै गिजोरे दुरासय भावले रबिलाई दुःख दिइएको उनले बताए ।

‘निजी कम्पनीको बिषयलाई निजी कम्पनीको प्रचलित ऐन अनुसार कन्पनी ऐन अनुसार पैंशा लिएको भए तिर्ने हो,’ उपसभापति वाग्लेले भने ‘अठासी सय करोडको अपचलन छ भन्या छ जम्मा जम्मी गोरखा मिडियाको पैसठ्ठी करोडको कुरा छ । बिस बाइस जना प्रतिबादी छन् । दामासायीले बाँड्दापनि दिएको रहेछ भने तिर्नुपर्ने रकम चार करोड जति होला । आजका दिनमा रबि लामिछानेले तीन करोड उठाउनलाई तीन मिनेट भन्दा बढी लाग्ला ? यत्तो अपार माया जनताले देखाइ रहेका छन् ।’


तर, त्यतातिर नलगेर रबिको सांसद पद निलम्बन गरि हजुर बाउले काभ्रेमा बेचेको खेत बारी खोतलेर प्रतिसोध साँधेर सम्पत्ति शुद्धिकरणको मुद्दा चलाइएको उपसभापति वाग्लेले बताए ।


‘सहकारीमा मेलमिलाप गर्न सकिने बकाइदा नयाँ ऐन छ तर मेल मिलाप गर्न नपाइयोस मेल मिलाप गर्न नसकियोस भनेर संगठित अपराध माफिया जस्तो बनाएर यिनीहरुले लगाए ,’ वाग्लेले भने ‘यी फटाहाहरुले जस्ले लुटेको धन जल्न पनि तीन दिन लाग्यो । तपाँइहरुे भिडियोहरुमा देख्नु भो टेलिभिजनमा देख्नु भो । यो हद सम्मको सास्तिलाई जनताले शान्तिपूर्ण मतदान मार्फत जबाफ दिनु पर्ने छ ।’

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *