२०८२ पुष ८ गते मङ्गलवार

दाङ क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि किरणकिशोर घिमिरे सहित १० जनाको नाम सिफारिस

तुलसीपुर , मंसिर २४ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको लागि दश जनाको नाम केन्द्रमा सिफारिस गरि पठाएको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बुधबार बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक तर्फ) र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका नेपाली कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरे सहित १० जनाको नाम सिफारिस गरिएको छ ।

प्रत्यक्षतर्फ महासमिति सदस्य एंबम समाजसेवी घिमिरेसहित विमला योगी, भोजराज पाण्डे, खगराज पाण्डे, बम बहादुर डिसी, अनिता देवकोटा, दुर्लभ केसी, विपुल पोखरेल, विष्णु शर्मा र कुलराज खनाललो नाम सिफारिसमा परेका छन ।

यसैगरी समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी र विपिन बुढाथोकी सिफारिसमा परेका छन् ।

यसैगरी राष्ट्रिय सभा निर्वाचनका लागि विरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र नदनकुमार शर्मा सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *