२०८२ मङ्सिर २० गते शनिवार

लमहीको सुन पसलमा गोली चल्यो, १८ बर्षीय किशोर घाइते


दाङ, मंसिर २० । दाङको लमहीस्थित ‘जुनतारा सुन पसल’मा गोली चलेको छ ।

लमही नगरपालिका –५ स्थित ‘जुनतारा सुनचाँदी पसल’मा लुटपाट गर्ने उद्देश्यले शनिबार दिउँसो एक जनाले गोली चलाएका थिए ।

गोली लागेर उक्त पसलमा काम गर्ने कालीगढ अन्दाजी १८ वर्षीय दीपक सुनार सामान्ने घाइते भएका छन् ।

गोली लागेर घाँटीको सामान्नुने छाला छेडेर गोली गएको तथा अवस्था सामान्ने रहेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले फरककोणलाई बताए । एसपी श्रेष्ठका अनुसार घाइते सुनार सुन पसल संचालकको नाताले साला हुन ।

सुन लुट्ने उदेश्यले गोली प्रहार गरिए पनि गोली हान्ने ब्यक्तिले सुन भने लुटेर लैजान नपाएको एसपी श्रेष्ठले बताए । घटना पछि एसपी श्रेष्ठ आँफै लमही पुगेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोषणराज पाण्डेले गोली प्रहार गर्ने ब्यक्ति फरार रहेको हुँदा खोजी कार्य जारी रहेको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *