२०८२ मङ्सिर २० गते शनिवार

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले एकै दिन पाँच गरे सडक र दुई पुलको शिलन्यास

दाङ , मंसिर १९ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एकै दिन पाँच सडक निर्माण कार्यको शुभारम्भ गर्नुका साथै दुईको शिलन्यास गरेका छन ।

लम्कीचुहा– १ र मोहन्याल गाउँपालिका–७ को सीमा क्षेत्रमा पर्ने लम्की खाने पानीदेखि राजकाँडासम्मको सडक कालोपत्रे, लम्कीचुहा रिङरोड (अमौरा–थापापुर–चौरि–चाकावाडी हुँदै सेती लोकमार्ग), लम्कीचुहा, जानकी र टीकापुर नगरपालिका जोड्ने डुँडेझारी–टीकापुर सडक स्तरोन्नति, महेन्द्र राजमार्ग–इन्टेक हाइड्रो–कटासे–खैरिफाँटा–जगतपुर हुँदै टीकापुर जोड्ने रणनीतिक मार्ग (केशर मार्ग), मोहन्याल गाउँपालिका –७ को चिसापानी–सोल्टा सडक स्तरोन्नति आयोजना सूचना पाटी अनावरण विहीबार मुख्यमन्त्री शाहले गरेका हुन ।


त्यस्तै उनले मोहन्याल– ७ मा पर्ने साघुरे खोला, बादेखोलामा निर्माण गरिने पुलहरुको शिलान्यासपनि सोही दिन गरेका हुन । सबै सडकहरु झन्डै एक बर्ष भित्र निर्माण सक्नु पर्ने संझौतामा उल्लेख छ । त्यस्ते पुल निर्माण कार्य भने २०८४ सम्म पुरा गर्नु पर्ने सम्झौंतामा छ ।


एकै दिन सात आयोजनाको शिलन्यास गर्न पुगेका नेपाली काँग्रेसका नेतासमेत रहेका शाहलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए ।
सडक निर्माण कार्यको प्रारम्भ र दुई पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले चुनावी समयमा जनतासँग गरेका वाचा अनुरूप विकासका कार्यलाइ तीव्रता दिएको बताए ।


उनले अब सुदूरपश्चिमलाई सधैँ पिछडिएको क्षेत्र भन्ने दृष्टिकोणबाट होइन, विकासको गतिमा अगाडि बढिरहेको सम्पन्न प्रदेशका रूपमा पहिचान गरिने वातावरण तयार पारिने बताए ।
पहाडका दुर्गम कुना–काप्चाबाट विकासलाई गति दिन प्रदेश सरकार निरन्तर सक्रियका साथ लागि परेको उनले दाबी गरे ।

त्यस्तै उनले फुकोट कर्णाली, लोअर कर्णाली, अपर कर्णाली लगायतका हाइड्रोपावर परियोजनामा पनि प्रदेश सरकार सहकार्यका लागि तयार रहेको बताएका थिए । उनले सुदूरपश्चिमको विकासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको साझेदारीमार्फत गति दिन प्रयास भइरहेको बताए ।
झन्डै १३ किलोमिटरको चिसापानी–सुगरखाल–सोल्टा सडकका कारण बर्षातको समयमा यातायातका साधन संचालनमा कठिनाइ हुँदै आएको छ ।

उल्लेखित सडक स्तरउन्नति र पुल निर्माणका आयोजना सम्पन्न भएमा वर्षौंदेखि कच्ची अवस्थाका सडकमा सुधार हुने, सर्वसाधारणको यातायात सेवा सहज बन्ने आशा गरिएको छ ।

पाँच सडक र पुल निर्माण गर्न आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले मूल्य अबिबृद्धि कर र पिएससहित बजेट विनियोजन गरेको थियो । लम्की खानेपानीदेखि राजकाँडासम्म सडक कालोपत्रेको लागत अनुमान रकम ६ करोड ६० लाख ९५ हजार ९ सय १४ रुपैयाँ ३० पैशा थियो । आयोजनाको सम्झौता रकम भने ४ करोड ५६ लाख ९३ हजार ४ सय ४० रुपैयाँ ६० पैशा रहेको छ ।

निर्माण पक्ष संग २०८२/०३/१७ गतेको सम्झौता अनुसार आयोजना २०८३/९/२५ अर्थात १ वर्ष ६ महिना ९ दिनमा सम्पन्न गर्नुपर्ने छ । त्यो रकमबाट २.६ किलोमिटर सडकको निर्माण गर्न एससी एसएनएस एचबी जेभी, सुर्खेतले जिम्मा पाएको छ । लम्कीचुहा रिङरोड (जानकी गाउँपालिकाको सीमाना अमोरा, थापापुर, चौरी, चाकाबाडी हुदै सेती लोक मार्गसम्म) को लागत अनुमान रकम ५ करोड ७९ लाख ६४ हजार २ सय १४ रुपैयाँ ३२ पैशा थियो ।

यो आयोजनाको सम्झौता रकम ४ करोड ३९ लाख ६४ हजार ५ सय ३० रुपैयाँ ४४ पैशा रहेको छ । २०८२/०३/१७ गते भएको सम्झौता अनुसार आयोजना २०८३/०३/२५ मा अर्थात बर्ष दिन भित्रमा सम्पन्न गर्नुपर्ने छ । यो काम गर्ने जिम्मा तुलसी / निराजन जेभी टीकापुर नगरपालिका –१, कैलालीले पाएको छ । २.७ किलोमिटर सडक त्यसवाट स्तरउन्नति हुने छ ।

त्यस्तै डुंडेझारी टीकापुर सडक स्तरोन्नतिको लागत अनुमान रकम ९ करोड ८ लाख १८ हजार ५ सय ५ रुपैयाँ ०३ पैशा रहेकोमा सम्झौता भने रकम ६ करोड ९ लाख २० हजार ८ सय ७७ रुपैयाँ ३५ पैशामा भएको छ ।


यो कामका लागि २०८२/०३/२५ मा सम्झौता भएको थियो । यो काम २०८३/०९/२४ अर्थात १ बर्ष ६ महिनामा पुरा गरि सक्नु पर्ने छ । केएनएस/अघि / श्रीपुर जेभी काठमाण्डौंले निर्माणको जिम्मा पाएको छ । यो सडकको लम्बाई ३.५ किलोमिटर छ ।

त्यस्तै केशरमार्ग महेन्द्र राजमार्ग ईन्टेक हाइड्रो, कटासे खैरीफाँटा जगतपुर टीकापुर जोड्ने रणनैतिक मार्गको लागत अनुमान रकम ८ करोड २६ लाख ६२ हजार ३४ रुपैयाँ ३२ पैशा रहेको थियो । जस्को सम्झौता रकम ५ करोड ६२ लाख ६६ हजार ४ सय ७८ रुपैयाँ ७५ पैशा रहेको छ ।

यो सडकको काम गर्न २०८२/०३/१७ गते सम्झौंता भएको थियो । काम २०८३/०९/२५ अर्थात १ वर्ष ६ महिना ९ दिनमा सम्पन्न गर्नुपर्ने छ । एससी एसएनएस एचबी जेभी, सुर्खेतले २.७ किलोमिटर सडकको काम गर्ने जिम्मा लिएको छ ।

त्यस्तै चिसापानी–सोल्टा सडक स्तरोन्नति लागत अनुमान रकम ९ करोड ९९ लाख १२ हजार ३ सय २३ रुपैयाँ ५६ पैशा रहेकोमा सम्झौता रकम ६ करोड ६ लाख ९९ हजार ८ सय ९५ रुपैयाँ ४८ पैशा रहेको छ ।

२०८२/०३/१७ मा सम्झौता भएको यो आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८३/०५/१६ अर्थात १ वर्ष ६ महिनाको छ । निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रालि भरतपुर – १० चितवनले कामको जिम्मा पाएको छ । उस्ले २.४ किलोमिटर सडक स्तरउन्नित गर्नुपर्ने छ ।

बिहीबार नै सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एकै साथ थप दुईवटा पुलको शसलान्यसपनि गरे । ती मध्य साघुरे खोला सडक पुलको लागत अनुमान रकम १५ करोड ६७ लाख १५ हजार ६ सय ६२ रुपैयाँ ५८ पैशा रहेको थियो । यो पुलको सम्झौता रकम ११ करोड २१ लाख ६७ हजार ८ सय ६८ रुपैयाँ १३ पैशा रहेको छ ।


२०८२/०३/१७ मा भएको संझौता अनुसार २०८४/०३/१६ मा अर्थात २ वर्षमा पुल निर्माण सक्नु पर्ने छ । यो पुल निर्माण गर्ने जिम्मा हिमसगरमाथा कन्स्ट्रक्सन प्रालि भरतपुर १० चितवनले पाएको छ ।


जुन पुलको लम्बाइ ५० मिटर र २ स्पान रहने छन् ।
त्यस्तै वादेखोला सडक पुल डिजाइन तथा निर्माण अनुमान रकम १७ करोड ४६ लाख १४ हजार ४ सय २४ रुपैयाँ ०८ पैशा रहेकोमा परियोजनाको सम्झौता रकम १२ करोड ६० लाख ८० हजार ३१ रुपैयाँ २५ पैशा भएको हो ।

२०८२/०३/१७ को सझौता अनुसार पुल निर्माणको काम २०८४/०३/१६ मा अर्थात २ वर्षमा सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायी हिमसगरमाथा कन्स्ट्रक्सन प्रालि भरतपुर – १० चितवनले नै यो कामको पनि जिम्मा पाएको छ । जस्को लम्वाइ १०० मिटर छ भने यसमा पनि २ स्थान स्पान रहने छन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *