२०८२ मङ्सिर २० गते शनिवार

तुलसीपुरबाट सुनको तिलहरी चोरेर भागेका ब्यक्ति प्यूठानमा पक्राउ

तुलसीपुर , मंसिर १७ । दाङ तुलसीपुरको एक सुन पसल बाट सुनको तिलहरी चोरेर भागेका एक युवक प्यूठानमा पक्राउ परेका छन् ।


प्यूठानको गौमुखी गाउँपालिका – ७ को नारीकोट चौताराका ४५ बर्षीय देबेन्द्र पुरी चोरी लगेको आठ आना सुनको तिलहरीसहित पक्राउ परेका हुन ।


प्यूठानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार मंसिर ८ गते बुलुकी पौने ८ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका – ५ (क) लाइनको विपी चोकस्थित ‘राधे राधे दिनेश ज्वैलर्स’ बाट आठ आनाको सुनको तिलहरी चोरी गरि पुरी भागेका थिए । त्यसबारे प्यूठान प्रहरीलाई दाङ प्रहरीले सूचना दिएको थियो ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठान र अस्थायी प्रहरी पोष्ट बागदुलाबाट खटिएको प्रहरी टोलीले पुरीलाई प्यूठान नगरपालिका – ८ बाग्दुलास्थित ‘राप्ती होटल एण्ड लज’ बाट मंसिर १५ गते नियन्त्रणमा लिएको थियो ।


प्रहरी निरीक्षक चौधरीका अनुसार पुरी होटलमा कोठा भाडामा लिएर लुकिछिपी बस्दै आएका थिए । पुरीको साथबाट तुलसीपुरको सुन पसलबाट चोरी लगेको ५४.७५० ग्राम अर्थात ८ आनाको सुनको तिलहरी पनि बरामद भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

पक्राउ पछि आरोपी पुरीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा पठाइएको प्यूठानका प्रहरी प्रबक्ता चौधरीले बताए । पुरी माथि आवश्यक अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले बताए ।

प्रहरी निरीक्षक खत्रीका अनुसार पक्राउ परेका ब्यक्ति रिटायर्ड शिक्षक रहेको खुलेको छ । जो मंसिर ८ गते सुन पसलमा आँफै सुन खरिद गर्न गएका थिए । पुरीले ‘राधे राधे दिनेश ज्वैलर्स’ बाट त्यो दिन पाँच लाख ३१ हजार चार सय मूल्य बराबरको सुनपनि खरिद गरेका थिए ।

सुन खरिद पछि उनले पसल धनीलाई भुक्तानीका लागि चेक दिएका थिए । पसल धनी चेक साट्न जाँदा उनी भने पसलमै बसेका थिए ।
गएको समयमा पुरीले पसलमा बनाएर राखिएको आठ आनाको सुनको तिलहरी पनि सुटुक्क चोरी गरेका थिए ।

पसल धनीले चेक साटिएको खबर गरे पछि पुरीले उक्त सुन पसलमा काम गर्ने कालीगढलाई चेक साटिएको हुँदा आँफु किनेको सुन लगेर जाने बताएका थिए । जस्ले पसल बाट निस्कदा ती कालिगढलाई आफ्नो सम्पर्क फोन नम्बरपनि दिएर गएका थिए ।


साहु फर्केर आइ पसलमा हेर्दा आठ आनाको तिहलरी फेला नपरेपछि सिसी टिभी फुटेज हेर्ने क्रममा पुरीले नै तिलहरी चोरी गरेको देखिएको थियो । त्यसपछि उनी प्रहरीमा पुगेर निबेदन दिएका थिए ।

इप्रका तुलसीपुरले पुरी प्यूठानका भएको पत्ता लगाए पछि सहयोग मागेको थियो । खोज ीगर्ने क्रममा उनी होटेलबाट पक्राउ परेका हुन ।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *