तुलसीपुर, मंसिर १४ । तुलसीपुरमा आउने पुस महिनाको ४ गतेदेखि १९ गतेसम्म १५ दिन मेला लाग्ने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले यस पटकको मेला लगाउन थालेको छ । उस्ले पनि बिगतमा जस्ते हात्ती खौवा चोक नजिकैको खाली जग्गामा मेला लगाउने छ ।
मेला बारे जानकारी दिन आइतबार महासंघले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष लालबहादुर केसीले पहिलेका मेला जस्तै यो बर्ष आँफुहरुले मेला ठेक्कामा नदिएको दाबी गरे ।
त्यस्तै उनले स्थानीय कृषी र वन सम्बन्धि उत्पादनका स्टलहरु निशुल्क रुपमा राख्न दिने बताए । मूल्याङकन गरि उत्पादन राम्रो गरेका त्यस्ता स्थानीय किसानलाई पुस्कृत गरिने प्रतिबद्धता जाहेर गरे ।
त्यस्तै अध्यक्ष केसीले तुलसीपुर भित्रका सबै स्थानीय ब्यबसायीलाई स्टलमा २५ प्रतिसत छुट दिने निर्णय गरिएको सुनाए । एक सय रुपैयाँको टिकटमा विद्यार्थीलाई २५ प्रतिसत छुट दिइने भएको छ ।
जेष्ट नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई निशुल्क प्रबेश पास उपलब्ध गराइने अध्यक्ष केसीले जानकारी दिए ।
घरेलु महासंघले पहिलो पटक लगाउन थालेको मेलामा अढाइदेखि तीन करोडसम्मको कारोवार गर्ने र त्यसवाट १५ देखि २० लाख बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष केसीले अनुमान सुनाए ।
त्यस्तै उद्घाटनका दिन उपस्थित हुने बिभिन्न जात जातिका सांस्कृति झाँकी तथा जुलुसहरुको मूल्याङ गरि पुरस्कृत गरिने पनि जानकारी दिइएको छ ।
यस्ता छन् – मेलाका प्रमुख ६ उदेश्यहरु रहेका छन् ।
१ – तुलसीपुर र आसापसका क्षेत्रहरु बाट कृषकहरुबाट उत्पादित तरकारी , फलफूल तथा कृषीजन्य सामानहरुलाई प्रत्यक्ष उपभोक्ता मार्फत बिक्रीवितरणका लागि तुलसीपुर उपमहानगरपालिका – ५ स्थित पातुखोलामा स्थानीय सरकार संगको सहकार्यमा निशुल्क हाट बजार स्थल ब्यबस्थित गर्ने ।
२– तुलसीपुरको गौरवको आयोजनाको रुपमा रहेको तुलसीपुर औद्योगिक ग्रामको प्रचार प्रशार गर्नुका साथै औद्योगिक ग्राम संचालनका लागि स्थानीय सरकार संगको सहकार्यमा औद्योगिक ग्राम संचालन गर्ने ।
३– बिभिन्न उद्योग तथा कलकारखानाहरुका साथै ब्यबसाय क्षेत्रमा हुने बिपद जन्य समस्याहरुका कारण समयमै पहलकदमी लिन नसक्दा हुने ठूलो जनधनको क्षतिको न्यूनिकरणका लागि बिषेश सावधानी अपनाउन बिभिन्न सचेतना मुलक कार्यक्रमहरु मार्फत प्रचार प्रशार गर्नुका साथै आगजनी नियन्त्रणमा लागि अग्नि नियन्त्रक (फायर इष्टुँङगर) को प्रयोगमा स्थानीय सरकार संगको साझेदारीमा निशुल्क रिफिलको ब्यबस्था र बिपद ब्यबस्थापनका अन्य कार्यक्रमहरुमा साझेदारी गर्ने ।
४ – युवाहरुलाई ब्यबसायमा लाग्न प्रेरित गर्न बिभिन्न ब्यबसायिक नबीनतम आइडियाहरु छनोट गर्ने र सफल ब्यबसायिक रुपमा स्थापित गर्ने उदेश्यले स्थापना भएको ब्यबसाय सम्बद्र्धन केन्द्र परिचालन गर्न कार्यालयको स्थापना गरि सेवा प्रवाह गरिने छ ।
५ – स्टार्टअपहरु र साना ब्यबसायीहरुलाई उनीहरुको पर्वतन र उत्पादन पर्दशन गर्न प्लेटफर्म प्रदान गर्ने ।
६ – महिला तथा युवा उद्यमशिलतालाई सशक्तिकरण सम्बन्धी बिभिन्न कार्यक्रमहरु संचालन गर्नुका साथै पर्बतन गर्न ।
तुलसीपुर बसपार्कस्थित हाट बजार क्षेत्रमा आधुनिक सौचालय निर्माणमा सघाउने, आगजनी नियन्त्रणमा लागि अग्नि नियन्त्रक (फायर इष्टुँङगर) को प्रयोगमा स्थानीय सरकार संगको साझेदारीमा निशुल्क रिफिलको ब्यबस्था र बिपद ब्यबस्थापनका अन्य कार्यक्रमहरुमा साझेदारी गर्ने, औद्योगित ग्राम संचालनका लागि स्थानीय सरकार संग साझेदारी गर्ने जस्ता कुराहरु गरेपनि पत्रकारले प्रश्न सोध्दा घरेलु महासंघका अध्यक्षले ती कार्यका लागि स्पष्ट रुपमा कति रकम सहयोग गर्न खोजेको हो ? भन्ने बारे स्पष्ट खुलाउन चाहेनन् ।
पत्रकार सम्मेलनको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्रबहादुर वलीले गरेका थिए ।
