तुलसीपुर, मंसिर १४ । आइतबार बिहान राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको मुख्य बजार जेसिज चोक नजिकै प्रहरी बिट स्थापना कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली लगाए नेपाली काँग्रेसका नेता कार्यकर्ता उपस्थित थिए ।
बिहान साढे नौं बज्दै गर्दा दक्षिण तिरवाट एउटा बुलेट बाइक चर्कौ आवाज निकाल्दै हुँइकिदै आयो । त्यहाँ उपस्थित नेता कार्यकर्तादेखि प्रहरी अधिकारीहरुको चर्कौ आवाजसहित आएको त्यो बुलेट बाइकले कार्यक्रममा बोलिरहेका ब्यक्तिको आवाज सुन्नै मुस्किल भइ रहँदा सबैले त्यही बाइक आए तर्फ हेर्न बाध्य भए ।
त्यही क्रममा डिएसपी पराजुलीले मातहतका प्रहरी अधिकारीलाई इशारा गर्दै त्यो मोटरसाइकल नियन्त्रणमा लिन निर्देशन दिए ।
तत्कालै मातहतका प्रहरी अधिकारीले त्यो मोटरसाइकल नियन्त्रणमा लिए । अनि डिएसपी पराजुलीले मनतब्यका क्रममा मोडिफाई गरिएका तथा चर्कौ ध्वनी निकाल्ने मोटरसाइकल सिज अभियान शनिबारदेखि चलाइएको त्यही जानकारी दिए ।
‘ हामीले हिजोदेखि मात्रै आँफुले होइन अरुले किनिदिएका र मोडिफाइ गरि चर्कौ आवाज निकाल्ने तथा ध्वनी प्रदुशन गर्ने मोटरसाइक माथि कारबाही थालेका हौं,’ उनले भने ‘ हिजोदेखि अहिले सम्म त्यस्ता दश वटा मोटरसाइकल हामीले नियन्त्रणमा लिइ सकेका छौं ।’
डिएसपी पराजुलीले सवारी नियम अन्तरग मोडिफाइ गरि चर्कौ ध्वनी निकालेर मोटरसाइकल चलाउँदा त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुँदा नियन्त्रणमा लिनु परेको बताए ।
यस्ता मोडिफाइ गरिएका मोटरसाइकल बाट बिषेश गरि गर्भबति, अशक्त ब्यक्त, जेष्ट नागरिक , बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पुग्ने उनले बताएका थिए ।
