तुलसीपुर , मंसिर १ । जेन्जी दाङले हुँदै आएको धरपकड बन्द गर्न सबैमा आग्रह गरेको छ ।
जेन्जी दाङका अध्यक्ष बिजय केसीले सोमबार एक बिज्ञप्ति मार्फत जेन्जी आन्दोलनकारीलाई धर पकड गर्ने राज्यको नीति माथि तुरुन्त पुर्नं बीचार गर्न आग्रह गरेका छन् ।
अध्यक्ष केसीले २००७ सालदेखि २०६२/०६३ सम्मका क्रान्ति तथा परिवर्तनलाई हेर्न आग्रह पनि गरेका छन् ।
पछिल्लो समय भदौ २३ र २४ गतेको आन्दोलनका बारेमा राज्यका जिम्मेवार निकाय, राजनीतिक दलका नेतृत्व, समाजका सचेत नागरिकलाई आफ्नो धारणा बनाउन आग्रहपनि गरिएको छ ।
साथै अध्यक्ष केसीले जेन्जी आन्दोलनका क्रममा भएको भौतिक तथा मानविय क्षति प्रति दुःख पनि प्रकट गरेका छन् ।
प्रहरी प्रशासनले भने हालसम्म जिल्लामा २४ जनालाई पक्राउ गरि सकेको छ । तुलसीपुरस्थित उच्च अदालत, घोराहीस्थित जिल्ला अदालत, जिल्लास्थित सरकारी वकिल कार्यालय, जिल्ला ट्राफिक कार्यालय घोराही, इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, लुटपाट, चोरी र आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रशासनले जनाएको छ ।
पक्राउ परेका सबै बिरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

