२०८२ मङ्सिर २० गते शनिवार

तुलसीपुरमा घरेलुले लगाउने भनिएको मेला सुरु नहुँदै किन बिरोध हुन थालेको हो ?

तुलसीपुर , कात्तिक २५ । तुलसीपुरमा आउने मंसिर ११ गतेदेखि २८ गतेसम्म घरेलु तथा साना उद्योग तुलसीपुरले लगाउने भनिएको ब्यापारिक मेलाको समय माघमा सार्न माग भइ रहेको छ ।


तुलसीपुर उपमहानगरपालिकाले असोज ३० गते कार्यापालिकाले यसपाली तुलसीपुरमा लाग्ने ब्यापार मेला घरेलुलाई लगाउन दिने निर्णय गरेको थियो । मंसिर ११ देखि २८ गते अर्थात १८ दिन लामो मेला लगाउन उपमहानगरपालिकाले अनुमति प्रदान गरेको थियो ।


उपमहानगरपालिकाले तुलसीपुरमा मेला लगाउने बारे २०७९ मै कार्यबिधि तयार पारेको थियो । सो कार्यबिधिमा मेला महोत्सवको अवधि दश दिन रहने र सर्वसाधारणको बढी आकर्षण वा भीड भाड भएको खण्डमा थप तीन दिनका लागि मेलाको अबधि थप्न पाइने उल्लेख रहेको स्रोत बताउँछ ।


तर, यसपाली उपमहागनरपालिकाले मंसिर ११ गतेदेखि २८ गते अर्थात १८ दिन लामो मेला लगाउन दिएको प्रति तुलसीपुरका ब्यापारीले बिरोध जनाउन थालेका छन् ।

‘ मेला लगाउने स्वीकृति दिदा उद्योग वाणिज्य संघ लगाएका सरोकार वालाहरु संग पनि छलफल गर्ने भन्ने हो,’ एक जना ब्यबसायीले भने ‘ तर, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्ष जस्ता ब्यापारिक संघ संस्थाहरुलाई यो बीचमा छलफलमा समेत बोलाइएन ।’

तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसीले पनि मंसिरमा नभइ माघमा मात्रै मेला लगाउन दिनु पर्ने माग स्थानीय ब्यापारीको रहेको बताए ।


‘ यतिखेर ब्यापारीले जाडो यामका कपडा भरिभराउ ल्याउनु भएको हुँदा ती कपडा बिक्री गर्ने मुख्य सिजन मंसिर नै हो,’ उपाध्यक्ष केसीले भने ‘मेला जस्ले लगावस त्यसमा हाम्रो कुनै चासो छैन तर मंसिर पछि माघमा मेला लगाउँदा कसैलाई समस्या हुँदैन भन्ने हाम्रो माग हो ।’


ब्यापारीले दिनहुँ जसो फोन गरि मंसिरमा मेला लाग्नै नदिने र चुप लागेर बसे त्यसको परिनाम भोग्नका लागि तयारी भएर बस्नका लागि आँफुहरुलाई फोनमा धम्कि दिन थालेको पनि उपाध्यक्ष केसीले बताए ।


यही कुरा राख्न एक वाणिज्य संघ मार्फत तुलसीपुरका मेयर टीकाराम खड्का संग छलफल तथा सम्बाद गर्न जानका लागि आँफुहरुले समय मागि रहेको पनि केसीले जानकारी दिए ।


‘ मेयर साप पनि ब्यापारीको कुरामा सकारात्मक नै हुनु हुने छ भन्ने विश्वास छ,’ उपाध्यक्ष केसीले भने ‘ त्यसो नभएमा मेला बिबाद रहित र निर्बाध रुपमा संचालन हुने छ ।’

न्यानो कपडाको स्टक ब्यापारी संग हाल रहेको हुँदा ती कपडा, जुत्ता बेच्ने मुख्य सिजन मंसिर र पुस जस्ता महिलाहरु नै भएको हुँदा मेला मंसिरमा नभइ माघमा लगाउनु पर्ने अधिकाँस ब्यापारीको माग रहेको उपाध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *