२०८२ मङ्सिर २० गते शनिवार

घोराहीमा ट्राफिक प्रहरी र वडा कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा ९ जना पक्राउ पछि सार्बजनिक

तुलसीपुर , कात्तिक २३ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले नौं जनालाई पक्राउ पछि सर्वाजनिक गरेको छ ।

घोराहीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड, लुटपाट र आगजनी गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका – १५ का २४ बर्षीय सुनिल थापा मगर, २४ बर्षीय कुनाल श्रेष्ठ, २४ बर्षीय ईनाहित कुरेसी, १८ बर्षीय टेकम डाँगी, १८ बर्षीय बिबेक पुन मगरलाई पक्राउ पछि सार्वजनिक गरेका हो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ पर्ने अन्यमा घोराही – १३ का २९ बर्षीय महेश घिमिरे, घोराही – ९ ढिकपुरका ३४ बर्षीय शरद बस्नेत र सल्यान जिल्लाको क्षत्रेश्वरी गाउँपालिका – ४ का २६ बर्षीय अमरबहादुर वली रहेका छ्न् ।

त्यस्तै घोराही – १५ भानु चोकस्थित प्रहरी बिटमा ढुँगा मुढा तोडफोड तथा आगजनी गरेको आरोपमा घोराही –१३ का २५ बर्षीय सन्दिप घर्तीपनि पक्राउ परेका छन् ।

जिल्ला अदालतले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङमा तोडफोड, लुटपाट चोरी र आगजनी कार्यमा संलग्न आठ जनालाई पाँच दिन र घोराही – १५ स्थित भानु चोकमा रहेको प्रहरी बिटमा ढँुगा मुडा, तोडफोड तथा आगजनी गर्ने घर्तीका बिरुद्ध जिल्ला अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको तोडफोड, लुटपाट र आगजनी बाट कार्यालयमा झन्डै तीन करोड बढीको क्षति भएको थियो ।

बमका अनुसार दुई वटा चार पाङ्ग्रे गाडी, एउटा अटो, चार वटा स्कुटर, दुई वटा सरकारी मोटरसाइकल, आठ वटा निजी मोटरसाइकल र थप कारबाहीमा परेका तथा दुर्घटनामा परेका सवारी साधनहरु गरि कुल ३५ वटा सवारी साधनमा आगजनी बाट क्षति पुगेको थियो ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालयका दैनिक बन्दो बस्तिका सामाग्री, लत्ता कपडा, खाद्यान्नसमेत आगजनी बाट नष्ट भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुर उच्च अदालत तुलसीपुरमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न मध्य दुई जनालाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ यद्यपी उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *